२००९ देखी मेन्याङबो कल्याणकारी संघ युकेको स्थापना भएको हो साथै यो वेव पेज पनि उक्त वर्ष देखिनै स

वंशजको एकता नै समाजको वलियो शक्ति हो |

 By-Dilsing

USUK  

थिन्दोलुङ खोक्याहाङ वंशका ११ औ पुस्ताका राजा फुङहाङका जेठा छोरा १२ औ पुस्ताका एरुहाङका  सन्ततीहरु जो खोक्लिङ, दोरिम्बा (दुरिङ) क्षेत्रमा बसोबास गर्न थाले, उनिहरु उसुक हुन पुगे। तिनताका त्यहाँका जनताले उसुक राजालाई बिद्रोह गरि परास्ता गरेपछि, एरुहाङको दुई छोराहरु: सेन्दुपहाङ र लेन्दुपहाङ मध्ये जेठा छोरा सेन्दुपहाङ त्यहाँका राजा भए। तत्पाश्चत् उनलाई उसुकहाङ नै भनि सम्बोधन गरियो र कालन्तरमा उनी र उनका सन्ततीहरु उसुक भएका हुन भनिन्छ।

स्रोत

दुर्यो उसुक (USA)

00000000000000000000000000000000000000000000000000000000000000000000000000

MR DURYODHAN USUK

(THINDOLUNG KHOKYAHANG) USA


थिन्दोलुङ खोक्याहाङ उसुक सन्तती:

प्रस्तोता: दुर्यो उसुक USA

10/03/10

      पुर्खा एरुहाङ करीब करीब बि.सं. १५६७ पाश्चत् तमोरखोला, खोक्लिङ तर्फगएको अनुमान गरिन्छ। श्रुतानुश्रुती रुपमा जीवन्त बन्दै आएको किम्वदन्तीनुसार पुर्खा एरुहाङको त्यसबेला ज्यादै नामचलेका सुरबीर, लडाकुर शक्तिसाली दुईसन्तान थिए रे। तिनताका जनतार उसुक राजाबीच बिद्रोह हुदा एक भाई दिनमा र अर्को भाई रातमा पालो,पालो गरी लडने गर्थे रे। लिम्बु भाषामा रातलाई सेन्दिक र दिनलाई लेन्दिक भनिन्छ। त्यसैले पछि गएर वास्तवमा रातमा लड्ने भाईलाई सेन्दुपहाङ र दिनमा लड्ने भाईलाई लेन्दुपहाङ भनिएको पाईन्छ। निजहरुको पराक्रम र शक्तिबाट राजा परास्त भएबाट जनताले आफ्नो संरक्षण र भलाईको लागि दुई भाई मध्ये सेन्दुपहाङलाई राजा बनाईएको पाईन्छ।

      उसुक सन्ततीका क्रमबद्व पुर्ख्यौली खोजको सिलसीलामा सेन्दुपहाङ र लेन्दुपहाङ अगाडीको केही पुस्ताका नाम थाहा नभएको र तात्पश्चत् निजहरुको समय कालको प्रख्यात र रोचक युद्व कथन पाश्चत पुन: केही पुस्ताका नाम थाहा नभएको स्थिती छ। तथापी एरुहाङ, सेन्दुपहाङ, गागनाथहाङ हुदै फौदबीर सम्मको पुस्ता आई पुगे पाश्चत् २३ औ पुर्खा फौदबीरको तीन सन्तान मध्ये माईला (हर्कध्वज को मात्र सन्तती बिबरण पाईएको र बाकी दुई सन्तान जेठा (जितमान र कान्छा (लाधककर्ण तर्फका सन्तती बिबरण छुट हुन गएकोले थप श्ंशोधित शृंखलाबद्व सन्ततीहरुको बिबरण, तपसील बमोजिम कायम गरीएकोछ (थप बिबरण बंशवली चार्ट दुईमा हेर्नुहोला।

       यसरी पुर्खा थिन्दोलुङखोक्याहाङ बंश मध्येका उसुक सन्ततीहरुको बसोबास ताप्लेजुङ, खोक्लीङको दुरीङ, भाङबारी र वैराखु क्षेत्रमा रहेको छ। त्यसैगरी तराई तर्फ झापा, मुजुरभिट्टा, दमक, पत्थरी, धरान र यसको अलवा काठमाण्डौ, नागालैण्ड, कतार, हङकङ, मलेशिया र अमेरीका तर्फ पनि रहेका छन।

 

धन्यबात!

                                                       प्रस्तोता- दुर्यो उसुक

 

थिन्दोलुंग खोकयाहांग उसुक सन्तती