२००९ देखी मेन्याङबो कल्याणकारी संघ युकेको स्थापना भएको हो साथै यो वेव पेज पनि उक्त वर्ष देखिनै स

वंशजको एकता नै समाजको वलियो शक्ति हो |

                                                                           पूर्वी पहाडी किराँत                                                            e/dilsing

  

महागुरु फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ मा नेपालका सत्रौ राष्ट्रिय बिभूति घोषणा गरेको छ।

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------- 


 

मानव सृस्टि

 

मानव लगायत बिभिन्न शृस्टिबारे धार्मिक र  बैज्ञानिक मतहरु छन । धार्मिक मतहरुमा बिभिन्न धर्मालम्बिहरुले आ-आफ्नो ढङ्ले ब्यख्या गरेको पाइन्छ । लिम्बु मुन्धुम लिम्बुहरुको मौलिक ओज राखने कुरा हो । पृथ्वि लगयत  हावा,पानि,आगो,बोटबिरुवा,आकाश,जिव, तथा मानाव उत्पत्तिबरे लिम्बु वेद अनुसार तुम्याहाङ श्री लक्ष्मण मेन्यङ्बोद्वारा संकलित तागेरा निवाफु:माङको आदेश आनुसार पोरोक्मि लगायत यम्भा:मि वोजुम्भु वलेतिम फुयङ्कुन्धाक्तेम्मा , मुखक्सु खोक्वानामा जस्ता देवि देउताहरुले सृस्टि गरेको पाईन्छ ।

प्रस्तुत मानव उत्पति सम्बन्धि वेदको  सानो अंश :

........देसु तुङ्गु लिङ् वोन्छेम्वो:सा तो इगेन् नामकेत पिसाङ् साङ्गेन्ने : फोयो:तेसु। तागेरा निङ्वाफुमाङ् मे, रे फुङ्यङ् कुन्धान्दे:मा मुफोक्सो फोक्वा नामेल्ले:से, मिक्ला,पो, मिक्ला, य∫यङवा खाप्पु नु साम्दाङ्वा, याम्ला, वा सेनिङ्कुवाहिनु मेन्जुम् काङ्खु, नुवे काङ्खु, मिक्तिक्के इदाकाइल्ले : साइलिखु, नावेरुङ्ग सेबेरुङिल्लेन कुलुङ्सि  लिखु, किधिरे नेरेत हेल्ले रे हेन्खाम्, पा∫वा लिखु, वयाना  सम्वोक्नामेल्लेन् मेनु∫चादाम्ब्रोक लिखु, सेत्लोसाङ फे, लाले: ले, सोत लिखु, चमेन मिक्सो नामेन् फिरिक्वा लिखु, नेन्जुमे नेफाक्नामेन् मेनुनाक्थुक् लिखु,नेन्जुमे नेहिनामेन् फ रे रे फ  खाम पाक्वा मेन्जुमेनेहि लिखु, नावेरुङ् सेवेरुमेल्ले: हेन्जुमे हेवो लिखु, सङगुगेन् सक्मा सिङ्युक्के मेदेन्सुरिन् तेमेन्ने वलङ सुरितलेन् लिङ्सुरित् मुक्मालिखु , मुफोक्सो फोक्वानामाङिल्ले साम्यङ् येप्ला युप्मा येप्लैइले येप्माथासु ,सागु सक्म लिगे सुङ्ला लोदोन लिगे, कन लाइत्कुम् नु येम्फेमासा मुजिक्ना मुयुङ्ना मिन्सोताङे वान्दु। सिसा मेन्छिम्सा मेन्छाम् याक्मि पोक्मा थाङ्मेन्ने, फोङेन् लअरे.....।    त्यसै गरि इमान्सिङ् चेम्जोङ्द्वारा लिखित किरत वेदमा सृस्टि बारे सानो अंश

१. ॐ तागेरा निङ्वाफुमाङ्।।                               

२. ॐ उइलेन् उनाहुर् दिने लेन्।।माङ्हाङ्, तरङङ् दिङ्ताङ्साङ्, इक्सादिङ्खाम्बेक्मा,सुरित्केजङ्, पाङ्मेन्दिङ् वाहित,मुथाङ्कोशि, लाबे, नाम्बे,वाबे,सिङ्बे, लुङ्बे, कोईजङ्फाङ् , ताबुकुसिङ्, थक्सा,पुसा,मेन्छाम्गेनयाप्मि, थेआङ्, थेआङ् मोहोप्प्त्।।

३. मुहोङ् खेहोइङ्, मुदाम्लिङ्मा, सानारुङ्ना,मुसुन्ने खेसुन्ने नेस्सा।।

४. मुहोङ्लिङ् खेहोङ् लिङ् यो नु साम्फि पृमा सम्मागेन् लोन्छाङ् पिन्छाङ् योकोप् हिस्सालेन् येबे।।

५. सावागेन् येकेप् हिस्सालेन् सि सिरि सियेङ्घा लुङ् लुत्तुरोना ।।

६. सोधुङ्गेन् मुना तेम्बे ओ पालुङ्गेन् मालुङ थाप्तु।।

७. हेन् साम्फिपृमाले पालुङ्सा मालुङ्सा आबुगेन् सोक्मा सिक्तुसि।।सम्मागेन् पालुङ् मालुङ् थाक्तेछि।।.........

 

      लिम्बुहरु किरात मुन्धुमा बिश्वास राख्दछन्। हाम्रो कुनै लिखित वेद छैन। फेदाङ्माहरुले भन्दै आएको मुन्धुम नै हाम्रो वेद हो। लक्ष्मण मेन्याङ्बो, इमान्सिङ चेम्जोङ् लगायत केहि लिम्बुहरुद्वारा खोज संकलन गरि लिपिवद्ध गरेको किरात वेद तथा फेदाङ्माहरुको  अनुसार तागेरा निङ्वाफुमाङ नै सृष्टिको पहिलो भगवान हुन्। उनले नै विभिन्न अन्य देउताहरुको सृष्टि गरि विभिन्न कुराहरु सृष्टि गर्न लगाएको पाइन्छ। किरात वेद अनुसार सवभन्दा पहिलो अँध्यारो सुन्यमा हावा ( भुमरि ) उत्पन्न भै घुम्न थालेपछि बालुवा उत्पन्न भयो। त्यसपछि आगो उत्पन्न भयो। हावा विभिन्न भागमा विभाजन हुँदै घुमिरहेको बेला मुना तेम्वे ( मैदान ) मा तागेरा निङ्वाफुमङ देवता उत्पन्न भै उनैले अन्य सबैको सृष्टि गरेको विश्वास गरिन्छ। उन्ले सबभन्दा पहिले पोरोक्मि योम्भामि माङ् सृष्टि गर्दै त्यस्पछि दशवटा अन्य देवहरु पाजोमाङ्, फक्ताङ् माङ्, सुरुम्वुमाङ्, वेला सोङ्माङ्, कुम्फामाङ्, मेथामाङ्, वेलिमाङ्, लोक्फामाङ्, चम्वामाङ्, रुपोमाङ्, पावोतिमाङ्, आदि देवहरु सृष्टि गरे। सृष्टिको आवश्यक्ता अनुसार तागेरा निङ्वाफुमाङ्को आदेशमा पोरोक्मिले पृथ्वि पानि (सागर) माछा, ढुंगा, माटो सृष्टि गरे। पृथ्विको रूप बनाउन घामको मधानिले समुद्र मन्थन गरे। मन्थन गर्दा उछिट्टिएर जुन,घाम, तारा, ग्रह उत्पन्न भै पृथ्वि पनि सुन्यमा घुम्न थाल्यो। त्यसपछि तागेर निङ्वाफुमाङ्को आदेश अनुसार पोरोक्मिले विभिन्न अन्य सृष्टिहरु गर्न थाले। जस अनुसार फोक्तामाङ् देवले दानव, सुसुम्वुमाङले आठ किसिमको जलदेवता, वेसुम्वु माङदेव्ले ताराहरु, वेवेसोङमाङले भाईको देवताहरु,घामजुन देवगण, वेला सङ्माङ् देव्ले चन्द्र देव, वेनाम साङ्माङ्ले सुर्य देवको सृष्टि गरे। कुम्फामाङ् देव्ले पृथ्विलाई देश, टापु, समुद्र पहाडमा विभाजन गरि जंगल उमारे। त्यसैगरि मेथामाङ् देवताले हावा, वादल, वर्षने पानि, वेलिमाङ देवले पृथ्विमा धातुहरु जस्तै सुनचांदिको सृष्टि गरेको पाईन्छ भने लोक्फामाङ देवले कछुवा, माछा, शङ्ख चम्वामाङ देवले पशुपंक्षि किटपतंग तथा रूपि माङदेव्ले गोहिहरु अनि पावोतिमाङले यमराजको सृष्टि गरेको किरात वेदमा उल्लेख छ। यसरि पृथ्वि तथा व्राह्माण्डमा भएका मानव वाहेक सवै कुराको सृष्टि भएको मुन्धुममा उल्लेख छ। एवं रितले सवै प्रकारका देवताहरु पनि तागेरा निङ्वाफुमाङ्को पहलमा सृष्टि भए आवश्यकता अनुसार अन्य सृष्टि देवहरु पनि सृष्टि हुँदै गए। तगेरा निङ्वाफुमाङ् लगायत पोरोक्मि अन्य देवता बस्ने ठाँउहरुको व्याख्या पनि किरात वेदमा उल्लेख छ।  पृथ्वि लोक, आत्मालोक, (स्वर्ग) नर्कलोकको पनि मुन्धुममा उल्लेख छ। किरात मुन्धुम अनुसार पृथ्वि गिलो नमिलेको थियो। तागेरा निङ्वाफुमाङ्को इच्छा अनुसार गड्योउलि आदि किरा सृष्टि गरि पृथ्वि मिलाउन लगाए दुवै सृष्टि गरि माटो वाध्न लगाए।

       यी सबैको सृष्टिपछि मानव सृष्टि गर्ने सोच तागेरा निङ्वाफुमाङ्लाई आयो त्यसै अनुरुप पोरोक्मिले सुनचाँदिवाट जन्मने गरि सुनचाँदि कै मुर्ति बनाई घामजुनको छोरो भइस भनेर सुनको चमरले हम्केर बोलाए तर बोलेन ।पोरोक्मिले तागेरा निङ्वाफुमाङ्सँग ज्ञान वुद्धि मागेर त्यसपछि मालिंगो तथा देव निङगाले बाँसको खरानि कुखुराको सुलि (चेम्जोङ लिखित मुन्धुममा पंहेलो माटो) मिसाई ढुंगाको टोड्कामा भएको आकाशको पानिले मुछि मान्छेको मुर्तिको नमुना बनाई सातो हालि दिए। तरुनिवाट जन्मिने मानिस हौ भनि पोरोक्मिले बोलाएपछि त्यो मुर्ति चल्यो वा वाक्य फुट्यो। त्यस्पछि पोरोक्मिले त्यसै गरि स्वास्नि मानिसको मुर्ति बनाई सास हालिदिई दुबैलाई जगाइ ढुंगाको टोड्कावाट पानि झिकि मर्चा खुवाए पछि दुवै गफ गर्न थाले। आत्मादेव(तागेरा निङ्वाफुमाङ्)को आदेश अनुसार प्रोक्मिले मानिसको सृष्टि यसरि गर्द सुन्दर अ्अर होस भन्ने थियो। तर सुनको मान्छे नबोलेको हुनाले सबैभन्दा कमसल चिजबाट मानिसबनाएको चाहिं बोलेको हुनाले पोरोक्मिको इच्छा अनुसार मनव अ्अर हुन सकेन भनिन्छ। यद्यपि मानव सृष्टिको कारण आत्मादेव खुशि भै दुवैलाई सृष्टिको फुल मेरा सन्तान हौ फलफुल खाई पृथ्विमा रेखदेख गर्नु भनि, भग्यमानि बन्ने आशिर्वाद दिएको मुन्धुममा पनि छ। त्यस्पछि माया मोह दिंदै वैंश हुने नमुना फुकि दिए। परिणाम स्वरूप यौवनको भोकतिर्खा मेटियेको नौ महिना पश्चात सुसुङ्गेन भन्ने सन्तानको जन्म भयो। उन्ले आमासँग धनुकाँड माग्दा आमाले बाबु भएको बेला माग्नु भनिन्। आमाले उनिलाई पाँच वर्षपुगेपछि धनुकाँड दिइन। त्यसपछि उनि शिकार खेल्न थालेको पनि मुन्धुममा वर्णन छ। यसरि मानव लगायत विभिन्न सृष्टि भएको किरातहरु बिश्वास गर्दछन। त्यस्पछि किरात सम्बन्धि अनेकन सामाजिक विधि विधान एवं संस्कारहरुको सम्बन्धमा पनि मुन्धुममा व्याख्या गरिएको छ। तथापि यी सम्पुर्ण सृष्टि बारे वैज्ञानिकहरुको मत अलग देखिन्छ जसबारे तलसंक्षिप्त वर्णन गरिएको छ। 

() ब्राह्माण्डको उत्पति

     ब्राहमाण्डमा रहेक तारा तथा ग्रहहरुको उत्पत्ति वैज्ञानिक मत अनुसार एक पिण्डिय सिद्धान्तबाट भएको मानिन्छ। जस अनुसार धुलोवादल मात हो। यसको अर्थ सबै ग्रह एउटै पदार्थबाट बनेको मानिन्छ। वायुमण्डलमा घुमिरहेको अथाह धुलोको कण वायु पदार्थ निस्केर सायनिक तथा भौतिक कृया प्रतिकृयाद्वारा शक्तिशालि सुर्यको उत्पत्ति भयो। धुलो,वायु ताप शक्ति आदिको(पदार्थहरु न्युट्रोन इलेक्ट्रोन प्रोटन)मुख्य समिकरण तथा रसायनिक प्रतिकृयाबाट सुर्यको विष्फोटनबाट विभिन्न तारा,ग्रहहरु ब्राहमण्डको संरचना भयो आजसम्म विकाश  कै गतिमा छ। त्यो विष्फोटको समय करिब १० अरब ३० करोड वर्ष पहिले भएको अनुमान छ। त्यहि सुन्य समयपछि पनि तारा मण्डलहरुको उत्पत्तिका घटनाक्रमहरु जारि छन्।

() पृथ्विको उत्पत्ति

        विशाल विष्फोटन वाट सौर्य मण्डलको निर्माण पश्चात रेडियोधर्मि तत्वहरुको तापबाट पग्लिएको धातुको डल्लो जस्तो पृथ्विको स्वरूप निर्माण हुन पुगेको वैज्ञानिकहरुको मत छ। यीनै पृथ्विको गर्भमा निहित रसायनिक तथा अनेकौं कृया प्रतिकृयाबाट पृथ्विमा जल तथा वायुमण्डलिय पदार्थहरुको उत्पत्ति हुन गयो। २० करोड वर्ष पहिले ढिक्को पृथ्विमा भएको वाफ विभिन्न वातावरणिय परिवर्तन,स्वयम् पृथ्विमा भएको विष्फोटन,उथल पुथल,परिवर्तनहरुको फलस्वरूप पृथ्वि सिंगो ढिक्काको रुपमा मात्र नरहि पहाड,खोंच,उपत्यका,खाडल आदि विविधतापुर्ण सतहकृत पानिको उत्पति भएको मनिन्छ। पृथ्विको उत्पत्ति,विकाश परिवर्तनका आद्यवातावरणको महत्वपुर्ण हात भएको सबै वैज्ञानिकहरुले स्विकारेका छन् भने वातावरणको मुल श्रोत भनेको जलमण्डल,वायुमण्डल स्वयम् पृथ्वि नै हो।

() जिवको उत्पत्ति

         ब्राहमाण्डको अथाह क्यानभासमा अनेकौं कृया प्रतिकृयाहरु भैरहने क्रममा पृथ्विमा पनि यस्ता क्रम जारि नै थियो। जिव शास्तृ तथा विभिन्न वैज्ञानिकहरुका अनुसार पदार्थहरु बिच विभिन्न रसायनिक कृया प्रतिकृयासंगै परिणामत:पृथ्विको पनिमा एककोषिय जिवको उत्पत्ति हुन पुग्यो। यो ६५ करोड वर्ष पहिले भएको अनुमान गरिन्छ। एककोषियबाट बहुकोषिय जिवमा विकास हुदै जलचरवाट थलचर जिवहरुको पनि विकास हुदै गयो। येसको करोड वर्षापछि वा १४१५ करोड वर्षपछि पृथ्विमा महाद्विपिय वहकाउ हुने क्रममा पृथ्वि उत्तर दक्षिणमा विभक्त हुंदा लोरेसिया गोन्डवाना गरि फ्याकमा पृथ्वि विभक्त भयो। फेरि गोन्डवाना लोप भै लेमुरिया नामको थुलो भुखण्डको उत्पत्ति भयो जसलाई आधुनिक मानवको जन्म विकास इस्थल मनिन्छ। पछि पृथ्विमा हुने खण्ड प्रलयका क्रममा विशाल महादेशहरु उत्पत्ति विलय हुँदै हालको महादेशमा विकशित हुन पुगे अब यस धर्तिमा मानव उत्पत्ति सम्बन्धमा निम्न अनुसार वैज्ञानिक मत पाइन्छ।

() मानवको उत्पत्ति  

         वास्तवमा वैज्ञानिकहरुले हालसम्म पत्ता लगाइसकेका प्रमाण तथ्यहरु अनुसार जिव विकासको लामो अन्तरालसंगै आजभन्दा करोड ५० लाख वर्ष अघि दुई ठुला वाँदरहरु(चिम्पानजि गोरिल्ला)मध्येका पुर्खाबाट पृथक हुँदै ढेडु जस्ता(नर वाँदर) एक खास अति विकसित जातिबाट मानव विकास भएको वैज्ञानिकहरुको भनाइ छ। वैज्ञानिकहरुले यीनिहरुलाई हम्रो इरेक्टेसको संज्ञा दिएका   छन्।  दार्शनिक फ्रेडरिक एङ्गेल्सले पनि आदिम मानव माथि भनेझै विकसित हुँदै समाज विकसित भएको आफ्नो कृति "परिवार निजि सम्पत्ति और राज्य के उत्पत्ति" मा व्याख्या गर्नु भएको छ। यसरि वाँदरको खास प्रजातिबाट आजभन्दा १० लाख वर्ष अघि अफृका महादेशमा मानव देखा परे जसलाई जिवशास्तृहरुले होमो स्यापिन्स नामकरण गरेकाछन् जुन आधुनिक मानवको पुर्खा मानिन्छ। यसरी क्रमिक विकासको क्रममा आजभन्दा २० हजार वर्ष अघि आधुनिक मानिसको विकस भयो। जिवहरुको उत्पत्ति विकास बारे वैज्ञानिक मत प्रस्तुत गर्ने सर्व प्रथम चार्ल्स डर्विन थिए। वहाँले सन् १८५९ मा एक पुस्तक प्रकाशन गरि जिव विकाश क्षेत्र मा आमुल परिवर्तन गरिदिए। अफृकाबाट उत्पत्ति भएका मानिसले लाखौं वर्षसम्म शिकार गरेर जिवन धानदथे। शिकारि युगसंगै पशुपालन तथा कृषि युगको विकास हुँदै गयो। जुन बेला ती मानव पुर्खाहरु वनजंगल खोला नाला पर्वत मैदान डुलिरहन्थ्यो। त्यस बखत शिकार नपाउँदा फलफुल,कन्दमुल आदिले पनि जिवन धान्न थाले। यसरी शिकारको क्रममा पृथ्विको विभिन्न भागमा मानिसहरु फैलिए। यसरी जंगली शिकारी युगबाट समाज कृषि युगमा प्रवेश गर्न पुग्यो। शिकारी युगसंगै पशुपालन युगको विकाश भैरहेको बेला शिकारमा सफलता पाउन विभिन्ना उपाय गर्ने क्रममा अद्दृश्य शक्त्तिको कल्पना गरि पुकार गर्ने, आपत विपत पर्दा अद्दृश्य शक्त्तिहरुको प्रार्थना गर्ने,पुर्खा मरेपछि उसको सम्झनामा पुजा गर्ने,खेतिपाती सपृयोस् भनेर कामना गर्ने आदि-आदि काम विभिन्न ठाँउम बसेको मानिसहरुले गर्ने चलन बसाए जसबाट धर्म संस्कृतिको विकास भयो भने त्यसै गरि भाषा लिपिको विकस पनि यसै युगम भएको देखिन्छ। कुनै खास समस्या आइपर्दा सुचनाको आदान प्रदान आफ्नो ढंगले सांकेतिक भाषामा गर्ने सिलसिलामा लिपिको विकास भएको देखिन्छ। सबैभन्दा पहिले मिश्र त्यसपछि एशिया यूरोपका विभिन्न भागमा लिपिको आविष्कार हुँदै गयो। लिपिको विकास आजभन्दा हजार अथवा हजार ,पू,मा, भएको विद्वानहरुको मत छ। यसरी अफृकामा उत्पत्ति भएका मानिसहरु पृथ्विको विभिन्न भागमा फैलिने क्रममा मंगोलिया क्षेत्रमा पनि फिरंगिका रूपमा पुगे। आधुनिक विचारसील मानिस भने  विगत ३५ देखि १२/१५ हजार वर्ष पुर्व, लाखौं वर्षको संघर्ष पछि भएको मानिन्छ। मंगोलियाबाट पुन:फैलिएका मानिसहरुलाई हाल मंगोल मुलका रूपम लिइन्छ। आमेरिकी नृवंशशास्तृ मोरगनका अनुसार "परिवार एक सकृय प्रकृयाको शुरुवात हो। परिवार कहिल्ये स्थर रहँदैन समाजले तल्लो चरणबाट मथिल्लो चरणमा विकास गर्दै गए अनुसार यसमा पनि सधै निम्न रूपबाट उच्च रूपमा संक्रमण गरिरहेको हुन्छ। परिवारले एक लामो अविधि पार गरिसकेपछि मात्र यस प्रथामा प्रगति हुन्छ त्यसै बेलामा यसमा मौलिक परिवर्तन हुन्छ" यस अनुसार नै ती विभिन्न युगमा मानव परिवारमा पनि विभिन्न परिवर्तनहरु हुँदै गयो। मानिसको वंशाणु, शारीरिक बनोट आदि फरक कुरालाई आधार मानेर वैज्ञानिकहरुले मानव जातिलाई जातिमा विभाजन गरेका छन्। जसमा Caucasid Negroid, Mongoliod, American,Indian/Australaid eg/Anthropology(E.A. Hoebl, 1966 ed) मा उल्लेख छ। बाँकि सबै यसका उपजाति मात्र हुन।मंगोलियन भनेका मंगोलियनबाट बिस्तार भएका खासगरि बिभिन्न भु-भागमा बसोबास,गर्ने,नेपFल्,चिन,जापान,मलेसिया,ईन्डोनेसिया,स्केन्डेनेभिया,थाईलेन्ड,कम्बोडिया,भितनाम,बर्मा,म्यानमार, भुटान आदि देसमा फैलिएर बसेका जातिहरु पर्दछ।त्यसो अहिले त्यहा अन्य जाति बसेका छैनन भन्ने होइन।यि सबै मंगोलियनका रुप,डाल,वर्ण,आकार,भाषा भित्र पर्ने किरात जाति पनि एक हो।

 

मानव उत्पति विस्तार एवं यसका बिभाजित मध्येका किरात जातिबारे श्री अकलबहादुर मेन्याङबो ज्युले लेख्नु भएको लेखलाई यहाँ थप प्रस्तुत छ।

 

     बिश्वमा हालसम्म भौतिकवादि,बैज्ञानिक तथा जिवशास्त्रीहरुको खोज अनुसन्धान अनुसार मानवजातिको उत्पति प्रकृतिको सामन्य सिद्दान्त तथा परिवर्तन (Evolution) को प्रकृयाबाट अन्य जिव जन्तुसरह नै सुरु भएको भन्ने मन्यता छ। तर उनिहरुले आफ्नु खोज अनुसन्धान जारि राखेको छन्।हालसम्मको खोजबाट धेरै सफल्ता हासिल गरिसकेका छन। यसमा दुई मत छैन। अर्को पक्ष अध्यात्मिकवादिहरु भने मानव उत्पति ईस्वरको अलौकिक शक्तिबाट भएको हो भन्ने बिश्वास राख्दछन्। तर सबुत प्रमाण भने आजसम्म बिश्वसामु ल्याउन सकेको छैनन्।यसरि मानव उत्पतिका पक्षधरहरु दुई खेमामा बिभाजित भएका छन्।  ईस्वरबादिहरु आस्तिक भौतिकबादिहरु लाई नास्तिक भन्ने गरेको पाईन्छ।  यो धेरै लामो समयदेखि चलि आएको प्रथा हो। बिश्वभरका बैज्ञानिक तथा जिवशास्त्रीहरुले हालसम्म प्राप्त गरेका सफल्ताले मत्र मानव उत्पतिको पुरै टुङगो लागि नसकेको महशुस गरि उनिहरु अझ गहिरो खोज अनुसन्धानमा जुटेका छन्।बिश्वको हरेक कुना-कुनामा पुग्न तल्लिन छन्। उता अध्यात्मिकवादिहरु भने पुरानो धर्म ग्रन्थहरु पुरोहितहरुबाट निर्देशित छन्। त्यो भन्दा पर पुग्न सकेका छैनन।  २१औ शताब्दिमा आईपुग्दा पनि दुई पक्षधरहरु बिच् बिचारिक वहस भैइरहनु युग सुहाउँदो बिषय भने आवश्य पनि होइन।ईस्वरबादिहरुले पनि भौतिकबादिहरु सरह सबुत प्रमाण विश्व सामु पेस होस् भनि पर्खिरहेका छन्। बिश्वका जनमानिसले त्यस सम्म धैर्य भै बस्नु बाहेक अरु बिकल्प नरहेको महसुस हुन्छ। तर जे होस बैज्ञानिकहरु भने आफ्नो खोजबाट प्राप्त नयाँ-नयाँ प्रमाणहरु बिश्वसामु ल्याउने प्रयासमा जुटिरहेका छन। यसरि उनिहरुको अन्तिम खोज एकदिन बिश्व अगाडि नाआउला भन्न सकिन्न।  

     मानब जातिको उत्पति उनिहरुको उद्गगमस्थल यसको बिकास प्रक्रीया अति रोचक र रहस्यमय छ।बैज्ञानिकहरु जति-जति खोज अनुसन्धानको क्रममा मानव जातिको अतितको नजिक-नजिक पुग्छन।यसले अझ बढि रोमान्च हाम्रा सामु उभ्याई दिन्छ। यसरी एक दिन हाम्रो अतित कस्तो थिएछ भनि जान्न सफल हुने छौ।हाम्रा मनव पुर्खाहरु को कस्ता थिए भनि उनिहरुलाई हामिले नजिकबाट जान्न समर्थ्य हुने छौ। हालसम्म जाति वा अर्ध मानवजातिमा भेटिएका अवशेषहरु लगभग १ करोड ५० लाख बर्ष पुरानो भएको अनुमान गरिएको छ। बैज्ञानिकहरुको अनुमान अनुसार १० लाख् बर्ष भन्दा अगाडिका अर्ध मानव वा मनव आर्कृतिका जो उभिएर दुई खुट्टा टेकि हिडनसक्थे उनिहरुलाई 'होमो ईरेक्टर्स' जातिका भनिन्थे। त्यसभन्दा अगाडिका मानव जाति के कस्ता थिए बैज्ञानिकहरुको खोज अनुसन्धान जारि छ।बिश्वका धेरै जसो वैज्ञानिकहरुलाई के बिश्वास थियो भने आज भन्दा १० लाख् बर्ष अगाडिसम्म विश्वभरि छरिने क्रममा मानव जातिका पुर्खाहरु नै बांदरको आकृति भएको, ठाडो भएर हिड्न सक्ने जिब जसलाई वैज्ञानिकहरुले 'होमो ईरेक्टर्स' नाम दिएका थिए जुन अफ्रीका महादेसमा पहिलो पटक देखा परेको थियो। उनि नै हाम्रा पुर्खा थिए भन्ने बिस्वास गरेका थिए भने अर्को थरिका वैज्ञानिकहरुका मत भने मानव उत्पति एकै ठाउँमा नभै विश्वको बिभिन्न ठाउँमा अलग अलग भागमा उत्पति भै फिजिदै गएको हो भन्ने थियो। तेस्रो पक्षले यस भन्दा पनि अलग जातिका जसलाई Neanderthal मानव भनिन्थे। उनिहरु हालका युरोपियन जातिका पुर्खा थिए भन्ने मत पेस गर्दै आएका थिए। कारण मानिसहरुको रंङ,रुप, उचाई बनावट र बिभिन्न स्वाभाव आदि नै मुख्य कारण थियो।  यसै बिच आज भन्दा १० बर्ष अगाडि मात्र विश्वको बैज्ञानिकहरुले साउथ अफ्रीकामा एक नयाँ मानव अवशेष Fossil फेला पारे यो मात्रा २ लाख बर्ष पुरानो थियो। यो अवशेषलाई अत्याधुनिक मेसिनद्वारा बैज्ञानिकहरुले जाच गरे यसको डि.एन.ए. पनि परिक्षण गरे। यो एक नारिको अवशेष भएको पत्ता लगाए, बैज्ञानिकहरुले यसको नाम 'ईभ' भनि राखे। त्यस पछि बैज्ञानिकहरुले बिश्व सामु आफ्नो अधिकारिक निर्णय सुनाए। उनि 'होमो सेपियन’ जातिकि थिईन। उनि नै आजको हाम्रो मानव जातिको पुर्खा थिइन। उनि यस आधुनिक मानव सभ्यताको मुलि वा पहिलो सृष्टि थिइन। यस खबरले बिश्व भरि सनसनिपुर्ण खबर फैल्यायो। तर आजसम्म 'ईभ' को पति को थिए? र कहाँ को हो पता लगाउन बाँकि छ। बैज्ञानिकहरुको दाबि भने आजको हाम्रो आकृति २५ देखि ३० हजार बर्ष पुरानो मात्र हो भने प्रकृतिको 'ईभोलेसन' प्रकृया जारि छ। पछि गएर हाम्रो हालको आकृति कस्तो हुने हो भनि हाल्न सकिदैन। तर हालसम्म हाम्रो आमा 'ईभ' नै हो भनि साबित भएको छ। बैज्ञानिकहरु र जिवशास्त्रीहरुको खोज र अनुसन्धान अनुसार 'होमो ईरेक्टर्स' र 'होमो सेपियन' दुबै जिवको उत्पति र उद्गगम थलो अफ्रीका महादेसमा भएको ठोकुवा गरेका छन। त्यँहाबाट उनिहरु सुस्त-सुस्त गरि अनुकुल वातावरण र आहाराको खोजिमा ठाँउ सर्दै गए। यो सबै बसाई सराई को क्रममा 'होमो सेपियन' जातिका मानव पुर्खाहरुका एक टोलि ईन्डिया उपमहादेसमा आज भन्दा ६० हजार बर्ष पुर्व आईपुगेका थिए भनि 'द टेलिग्रफ डेलि पत्रीका' को साप्ताहिक बैज्ञानिक पत्रीका (नोहाउ) ले सन् १९९९ को अंकमा प्रकासित 'ईभस्' फुट प्रीन्ट' को अनुसार त्यहाँ आइपुगेको हो। त्यहाँबाट पनि जनसंख्याको चापको कारण अरु कुनै कारणले गर्दा आज भन्दा १० हजार वर्ष अगाडि चिन तिर पनि लागे भने अर्को दल दक्षिण पुर्व ईन्डिया वा जाभा तिर लागे, चिन र दक्षिण एसियाबाट पुन: फर्कि भारत तिर आए। उनिहरु भारत प्रवेश् गर्नु भन्दा पहिलो मध्ये एसियामा आइपुगेका र सम्भवत अफ्रीकाबाट एक टोलि मंगोलिया तिर लागे। मंगोलिया र चिनबाट केहि दल अमेरिकातिर आजभन्दा १५  हजार बर्ष पहिला प्रबेश गरे। त्यस बेला अमेरिका र एसिया जोडिएको थियो। मंगोलिया पुग्नेहरु पुन: मध्यएसियातिर फर्किएर आए। केहि युरोप महदेसतिर लागे भने केहि अफ्रीका महादेसको बिभिन्न ठाउँमा बसोबास गर्न थाले। एक ठुलै दल मध्यएसियामा पसे। यसरि नै हाम्रा पुर्खाहरु विश्वभर छरिएर घुम्न थाले। 

     मानव जातिको पहिलो उत्पति अफ्रीका महादेसमा भएपछि जब उनिहरुमा केहि चेतनाको बिकास हुन थाले तव त्यस महदेसको उत्तर पुर्वतिर लागेको पाईन्छ। यसरी उनिहरु बिस्तारै-बिस्तारै गर्दै मध्यएसियामा आईपुगे। त्यहाँबाट एक दल भारत उपमहादेसतिर लगे। आज भन्दा अन्दाजि १ करोड ५० लाख वर्ष पहिला त्यहाँबाट पनि अझै सदै पुर्वको चिनतिर पुगे। चिनमा भेटिएका मनव अवशेषहरु १ करोड ४० लाख् बर्ष पुरानो भएको पत्ता लागेको छ जसलाई 'पेकिङ्म्यान' नाम राखे। एक दल दक्षिणपुर्व एसियातिर लागे। त्यहाँ पनि त्यस्तै प्रकारका अवशेषहरु भेटिएको छ। अन्दाजि ७० हजार बर्ष पुरानो जसलाई 'जाभामेन' भनि नाम राखे। अर्को दल मध्यएसियाबाट उत्तरपुर्व हुदै मंगोलिया पुगे तर उनिहरुको बसाई सराई भने जारि रह्यो। उनिहरुको एसिया महादेसमा धेरै पटक ओहोर दोहोर गर्दै रहेको अनुमान छ। तर यहाँ एक रोचक कुरा के छ भने प्राय: जसो सबै मानव जातिका पुर्खाहरु उनिहरुको उद्वगम थलोबात पुर्व दिशातिर लागेको पाईन्छ। आखिर किन? अनुमान लगाउँदा उनिहरुको जति जति बुद्धिको बिकास हुदै गयो मानसिक चेतनाको क्रमश: बिकास हुन थल्यो र सुर्यलाई आफ्नो जन्मदाता सम्झि उसलाई भेट्टाउनलाई नै पुर्वतिर लगेको हुन सक्छन। यहाँसम्म कि भारत र अस्ट्रेलियाको बिचमा हिन्दमहासागर नभएको भए उनिहरु सिधै भारत,अस्ट्रेलिया आईपुग्ने थिए होलान। पश्चिम र उत्तरतिर धेरै बर्ष पछि मात्र गएका पाईन्छ। उनिहरु 'होमो ईरेक्टर्स' बर्गको थिए भन्ने बैज्ञानिक र जिवशास्त्रीहरुको भनाई छ। तर बिभिन्न ठाउँमा छाडि कहाँ गए वा हराए अझ पनि खोज अनुसन्धानको बिषय बनेको छ। यस्तै अवशेष नेपालको बुटवल नजिक तिनाउ नदिको नजिक रहेको गुफामा १ करोड १० लाख बर्ष पुरानो अवशेष फेला परेको छ। त्यसैले नेपाल पनि मानव जातिको उद्वगम थलो हुन सक्ने डा प्रपन्नाचार्यले लेख्नु भएको 'वेदमा के छ' भन्ने  बिषयमा वहस हुन नसक्ने ठाउँ छैन।    

     पुराना किरात वंशहरु पनि बसाई सराईको क्रममा ‘मुनातेम्बे’ भन्ने ठाउँबाट मध्यएसियाको कुश 'काँशी' क्यास्पियन प्रदेसबाट अफगानिस्थानको पहाडि बाटो भएर भारत उपमहादेसमा आजभन्दा लगभग १५ हजार बर्ष पुर्व आईपुगेको अनुमान छ। उनीहरु सिन्ध्र प्रदेस,कास्मिर, पन्जाब, उत्तरप्रदेस हुदै धेरै ठाउँमा राज्य संचालन गरे। उनिहरु धेरै निपुर्ण र सभ्य थिए। त्यस ठाउँमा धेरै उन्नति र प्रगति गरेको अनुमान खोज र अनुसन्धानमा पत्ता लागेको छ। यसै बिचमा उनिहरुसंग चिनाजानि र संगै कुश प्रदेसमा बसेका अर्को थरि मानिसहरुको प्रवेश भारत उपमहादेशमा भयो। उनिहरुलाई आर्य भनिन्थे। आर्यहरु निकै सभ्य थिए। उनिहरु  पनि कविला प्राथा कै थिए। आर्यहरु भारत प्रवेश् आजभन्दा ५ देखि ८ हजार बर्ष पुर्व भएको ईतिहासकारहरुको अनुमान छ। आर्यहरुको आगमन पछि केहि किरातहरु भारतको उत्तर खण्ड हिमालतिर लागे। केहि भारतमै त्यहाँका आदिबासि भएर बसे। भारत छोडेर हिडेका एक दल किरातहरु आजभन्दा ३ हजार बर्ष पुर्व बसाई सर्दै बर्माको उत्तर भाग र चिनको पश्चिम सिमानाको सान प्रदेस भन्ने ठाउँमा पुगेका थिए। उनिहरु केहि होचा,पहेला रंग भएका चेप्टो अनुहार, नेप्टो नाख, चिम्सो आँखा हँसिला र एकदम बलिया प्रकारका मानिस थिए। उनिहरुको भाषा र लिपि पनि अति रोचक थियो, उनिहरुले आफुहरुलाई ताईसाई बंशी भन्दथे। जुन आजका आधुनिक दश् लिम्बुको पुर्खा भएको अनुमान छ। हाल दश सरदार लिम्बुहरुको पुरानो सन्तान को को हुन भनि छुट्ट्याउन गारो छ। कारण लामो समय भित्र धेरै परिवर्तन भै  सकेको र अरु अरु जातिहरुसंग पनि बिबिध प्रकारका सम्बन्ध र बैबाहिक सम्बन्ध समेत भैइसकेको कारणले पनि ठेट लिम्बु छुट्याउन गारो छ। ईतिहासकारहरुको भनाई अनुसार लिम्बुहरु लिम्बुवान प्रदेशमा तिन तिरबाट प्रवेश् गरेका हुन भनेका छन। जस्तै ताईसान बंशी पुर्ब बाट, ल्हाशाबंशि उत्तरबाट, काशीबंशी 'कास्य' पश्चिमबाट। पुर्बबाट प्रवेश गर्ने सानमकवान बंशीहरु लिम्बुवान प्रबेशको क्रममा केहि बंशहरु आसाममै रहेको र उनिहरु पछि त्यहाँबाट मोरङमा आई राज्य स्थापना गरी बस्न थाले। यी दश सरदारहरुले थाहा पाई उनिहरुलाई उनिहरुलाई त्यहाँबाट लखेटे। उनिहरु त्यहाँबाट उत्तर तिब्बत लागे। त्यहाँ उनिहरुले राज्य गरेको ईतिहासमा पाईन्छ। उनिहरु तिब्बतमा धेरै बर्ष बसेपछि त्यहाँबाट हाल नेपालको ताप्लेजुङ् तिर झरे, उनिहरुलाई लशाबंशि भनिन्छ। उनिहरुले त्यहाँ आई युमा धर्मको प्रचार गरे। आजसम्म पनि लिम्बु जातिहरुमा युमा धर्म मान्ने चलन छ। उनिहरु लिम्बुवानका दश सरदारका बंशहरुसंग समाहित भए। मेन्याङ्बो बंशावलि अनुसार केहि लिम्बुहरु लशाबंशमा पर्दछन, परे पनि लिम्बुहरुले बंशको त्यति महत्व राख्दैनन् र खास यसै हो भन्ने आधार पनि छैन। पुराना ईतिहासकारहरुको भनाईलाई मान्ने हो भने हालका सबै किरातिहरु 'कास्य' बंशका हुन भन्दा फरक नपर्ला। कारण 'कस्य' बंशिहरु मुनातेम्बे भन्ने ठाउँबाटनै आएका हुन। ल्हाशाबंशी ताईसानबंशी र अरु अरु बंशहरु त धेरै पछि मात्र ईतिहासमा देखा परेका हुन। जे होस हाल नेपालमा रहेका आदिबासी जनजाति मध्ये लिम्बु जातिले विशिष्ठ स्थान ओगटेको छ। सामाजिक स्थान, लिम्बुहरुको उच्च छ भने आर्थिक, शैक्षिक क्षेत्रमा भने उनिहरु अरुको दाँजोमा पछाडि परेका छन्। तर उनिहरुले हजारौ बर्ष पुरानो भाषा र लिपिलाई बचाई राख्नु नै लिम्बुहरुको गौरवमय आधुनिक ईतिहास हो। तर उनिहरुको सरल जिवनयापन र सिधापनको कारण उनिहरुले चाहेर पनि राष्ट्रीय निर्माण जस्तो गहन कार्यमा जिम्मेवारि निर्वाह गर्न पाएका छैनन्। यो नै उनिहरुको दु:खत पक्ष हो। यदि नेपाल सबैको साझा देश हो भने यस राष्ट्रको महान निर्माण र बिकास कार्यमा लिम्बु जातिको पनि संलग्नता हुन आबश्यक छ। लिम्बुहरुको ईतिहास रिति थिति ,भषा, लिपिलाई आजसम्म सवल र जिवन्त राख्नलाई लिम्बुहरुको तिन पुरोहितहरुको एतिहासिक जिम्मेवारि रहेको पाईन्छ। लिम्बुहरुको मुख्य मुन्धुम अति सरल छ। यसको मर्म बुझ्नेहरु जो कोहि पनि प्रभावित हुन्छन्। यस मुन्धुमले लिम्बुहरुलाई हजारौ बर्ष देखि एकताको सुत्रमा बाँधिराख्न सफल भएको छ। साधारण ब्याक्ति र पुरोहितद्वारा गरिएको मुन्धुमको बाख्यानमा धेरै अन्तर छ। मुन्धुम ब्याक्त गरेको समयमा पुरोहितहरुमा प्रमात्माको बास बसेको पाइन्छ भने साधारण ब्याक्तिमा प्रमात्माको बास बसेको हुदैन्। त्यस समयमा पुरोहितहरुलाई प्रमात्माले उनिहरु लाई निर्देशित गरिरहेको हुन्छ, जुन सधारण मनिसलाई हुदैन्। यहिनै मुख्य पुरोहित र साधारण मानिसहरुमा अन्तर पाइन्छ। प्रामत्मा चडिरहेको पुरोहितलाई मुन्धुम सुन्न बुझ्न आउनेहरु भने हामी केहि नजान्ने मुर्ख हौ, भुल भयो क्षमा पाउँ भनि बिन्ति चडाउछन्। त्यसैले प्रमात्मा चडेको पुरोहितले अन्य साधारण ब्याक्तिहरुलाई मुर्ख हौ भनि सम्बोधन गर्ने प्रचलन छ।

     पुरोहितहरुले मुन्धुमको अतिरिक्त साम-माङ अथवा प्राकृतिक देबि देवताहरुको सहयोग लिई बिमारिहरुको उपचार गर्दछन्।उनिहरुले जडिबुटि पनि उपचारको लागि उपयोग गर्दछन्। यो आज पनि चलनमा छ। यो चलन आदिकालबाटै भै रहेको उनिहरुको भनाई छ। त्यो भन्दा पनि चाखलाग्दो कुरा उनिहरुको तन्त्रबिधा हो। यस बिषयमा धेरैलाई थाहा नहुन सक्छ। यो अति पुरानो बिधा हो। उनिहरु तन्त्रबिधामा निपुर्ण थिए, तन्त्र बिधा कै प्रयोगबाट उनिहरुले बिरमसान,मसान र भुत प्रेतहरुलाई रातभरी खेति गर्न बाटोघाटो, पुल पुलेसो बनाउने काम लगाउँथे। हिजो आज यो एक किसिमले दन्त्य कथा सरह भै सकेको छ। तर यसको प्रभाव गाउँ घर तिर अझ पनि छ।  लिम्बुहरुको तिन पुरोहितमध्ये बिजुवा अथवा येबाको मुख्य भुमिका हुन्छ। पुरोहित हुनलाई जो सुकैलाई सिकाएर हुने भने होइन, जसलाई दैवी शक्ति अथवा प्रमात्माले चाहान्छ उसलाई मात्र गुरुले बिधिबिधान रितिरिवाज र तन्त्र मन्त्र सिकाउँछ। येबा हुनलाई तन्त्र मन्त्र सिक्नु कठोर हुन्छ। पुरा बिधा सिक्नलाई तिन चार बर्ष सम्म लग्न सक्छ। गुरुलाई शिष्यले अब सबै कार्य स्वतन्त्र रुपले  गर्न सक्छ भन्ने लागे पछि मात्र उसले आफ्नो शिष्यलाई गाउँ घरका सबै मान्यजनको सामु शिक्षा दिक्षा दिने गर्छ, गुरुले शिष्यलाई उपहारको रुपमा सबैको सामु आफ्नो तन्त्र शक्तिद्वारा उत्पादित गरेको कुनै एक बस्तु दिन्छ। उनिहरुको यो रिति अति रोचक र अदभुत मानिन्छ।  तर गुरुहरुको खराब नियतले गर्दा आफुले सबै भन्दा राम्रो तन्त्र बिधा राखि अनि मात्र चेलालाई दिने प्रचलन भएकोले आज यस्तो अदभुत तन्त्र बिधा प्राय:जसो लोप भैसकेको छ। ति तिन पुरोहितहरुको कार्य बिभाजन आफ्नो उपाधि अनुसार धर्म कर्मको कर्यमा संलग्न हुनुपर्दछ। फेदाङमाको काम घर भित्रका देवि देवता जन्म मरण आदिको कार्य सम्पादन गर्ने जिम्मा उसको रहन्थ्यो भने 'सम्बा' ले जडिबुटि वा आयुर्वेदिक र जन्म मृतुको लेखा रख्ने जिम्मा रहन्थ्यो भने येबाले मुन्धुमको बाख्यान यसको संरक्षण, दुष्ट प्रेत आत्माबाट मानवलाई सुरक्षित राख्नु अरु येस्ता कैयौ मानव भलाईको लागि कार्य गर्ने उसको जिम्मा हुन्थ्यो।  हाल एकै पुरोहितले सबै कर्य गर्ने गरेको पनि पाईन्छ। यसले गर्दा पनि मुन्धुम बिधा त्रान्त्रीक बिधामा ह्रास आईरहेको छ। हामी लिम्बुहरुले यसलाई जिवन्त राख्नलाई यस प्रति खोज अनुसन्धान गर्नु पर्ने समय आईसकेको छ। साथै पुरोहितहरुलाई प्रचलनमा ल्याउदै गर्नु पर्छ नत्र भने सधैको लागि तन्त्र मन्त्र बिधा मात्र होइन हाम्रो रिति रिवाज संकृति कै लोप हुने सम्भवना छ। त्यस पछि भने हामि लिम्बु तागाधारि हुने छौ।

     अधिकांश लिम्बुहरु आफुलाई ‘सुर्य बंशि’ हौ भन्दछन तर त्यसको कुनै एतिहासिक प्रमाण फेला पार्न सकेको छैन। कसैले हामी काशी बंशी हौ भनि दाबि गर्नेहरु पनि पाईन्छ तर त्यसको आज सम्म औपचारिक पुष्टि गर्न बाँकि नै छ। पश्चिमतिरबाट काशी बंश वा गोत्र लिम्बुहरु यहाँ प्रवेश गरेका हुन तर यसको पनि आज सम्म भरपर्दो तथ्य प्रमाण हाम्रो सामु छैन। यो खोजको बिषय बनेको छ। यो मेन्यङबो बंशावलिको खोज र अनुसन्धानको क्रममा बंशावलि तयार पार्दा मुख्य वस्तु बिषय भन्दा केही फरक वा बंशावलि संग सिधै मेल नखाए पनि मेन्याङबो बंशले जानि राख्न पर्ने देखिएको र भबिष्यका लेखक तथा खोजकर्ताहरुलाई सहज र सजिलो सिद्व होस् भनि लेखने काम मात्र गरेको हु। यसमा भएका घटनाक्रमहरु, एतिहासिक पक्षहरु र मानव जातिको उदगम थलोको खोजि आज पनि जारि छ। हाल सम्म भेटिएका आदि मानव अबशेषहरु भन्दा अगाडिका पनि नभेटिएला भन्न सकिन्दैन। यहि लेख्लाई नै ठिक छ भन्नु 'मेरो गोरुको बार्है टक्का' भन्नु सरह हुन्छ। हाम्रो पुर्खा आमा 'ईभ' को पतिको खोज पनि जारि छ। मानव उत्पतिको सबुत प्रमाणको लागि भेटिएका अवषेशहरु बिभिन्न समय, काल र बिभिन्न ठाउँबाट उपलब्द भएको हो। अझ भेटिने सम्भवनाहरु प्रसस्त रहेको हुनाले यो नै अन्तिम नभएको सम्पुर्ण मेन्याङबो समुदायहरुमा मेरो हार्दिक अनुरोध् छ।   

 

किराँत  जातिको  संक्षिप्त  जानकारी

     ईतिहासकार ईमानसिङ चेम्जोङ्का अनुसार मंगोलियनहरु संसारमा फैलने क्रममा भुमध्य सागरिय क्षेत्रमा बस्दा रेशम खेति गर्थे। रेशम खेति गर्नेलाई किरेत बेच्नेलाई किराती भनिन्थ्यो। त्यसबेला उनिहरुलाई किरेत किराति भन्दा-भन्दै अपभ्रंस हुदै किराँत हुनगयो। त्यसैगरी अर्को अनुमान यि जातिको संख्या बडेपछि बिभिन्न किल्ला वा घर बनाई बस्न थाले। जसलाई किरियात भनिन्थ्यो। यहि शब्द पछि किरांतमा बिकसित भयो। त्यस्तै अर्को तर्फ किराँतको अर्थ तिक्त 'तितो' हुन्थ्यो। किनभने उनिहरु चिराईतो बेपार गर्थे भनि बालचन्द्र शर्माले अमरकोषमा उल्लेख गर्नुका साथै किरातीहरुलाई सभ्यताको प्राचिन जातिको रुपमा पनि लिनु भएको छ।जसमा किराँति जातिको आफ्नै बिशिष्ट स्थान रहेको छ। किराँत जातिको बारेमा हिन्दु आख्यानहरुमा मात्र ब्याख्या नभएर बौद्व धर्म ग्रन्थहरु ललित बिस्तार, मुल सर्वास्तीबाद, विनय संग्रह, अश्वघोषको बुद्वचरित्र तथा त्रीपिटक जस्ता प्राचिन धर्म ग्रन्थहरुमा पनि वर्णन गरिएका छन। यस्तै कृश्चियन तथा ईस्लाम धर्मग्रन्थहरुमा पनि किरात जातिको बारेमा ब्याख्या विस्लेषण गरेको पाईन्छ। उल्लेखित धर्मग्रन्थहरु निकै प्राचिन भएकाले र किरात जातिको पनि उल्लेख भएकोले ति धर्म सम्प्रदायकै समकालिन र समकक्षीका रुपमा किरात जातिहरु रहदै आएको बुझ्न सकिन्छ।

     किराँतहरु मुन्धुम (मुखले बोलेर कायम गरिएको) मा बिश्वास गर्थे तर लिखित ग्रन्थहरु भने थिएनन। त्यसैले किराति समुदायमा मुन्धुम सम्बन्धि आफुखुसि र बिभिन्न खालका ब्याख्या बिस्लेषण गरेको पाईन्छ।

 

किराँतहरुको आगमन

अफ्रीकामा उत्पति भएर विश्वका बिभिन्न भागमा फैलिने क्रममा किरातहरु पनि मंगोलिया हुदै मुनातेम्बे तथा कुश् सम्म फैलिएका थिए। मुनतेम्बेबाट बिश्वको अन्य भागमा किरातहरु फैलिदा अरु उपजातिको रुपमा बिस्तार भएको देखिन्छ। यसै क्रममा नेपालमा पनि प्रवेस गरि आफ्नै स्वाभिमानि  ईतिहास कायम गर्दै आएको बिगत बर्तमानको ईतिहास आफ्नो ठाउँमा छ। किराँत जातिहरु वैदिककालमा बर्तमान पाकिस्थानदेखि पुर्व आसामसम्म हिमालदेखि दक्षिण विन्ध्याञ्चल पर्वतको दक्षिणसम्म  फैलिएका थिए।  Mr Perceival अनुसार  द्वापर युग  (१५ हजार बर्ष अगि) मा किरातहरु भारतवर्षमा फैलिएका थिए। रंगेय राघव अनुसार आर्यहरु भारत भुमिमा आउन अघि नै किरातहरु तिहाँ फैलिएका थिए। बिभिन्न क्षेत्रमा शासन गर्ने क्रममा कुश देश 'काशी' मा पनि शासन गरे त्यसैले अझ पनि त्यहाँबाट बिस्तार हुने किरातहरुलाई काशी गोत्र भन्ने गरेका छन् भने किरातहरु कुश देश 'क्यास्पियन सागर छेउछाउ' बाट भारत पसेको ईतिहासमा देखिन्छ।

     सर जान ह्यामिल्टन  (Hamilton ) का अनुसार यि मंगोल जाति फारस खाडिको उत्तरि मैदान (पुरानो नाम शिनार) वा सुमेरमा धेरै काल बसे। जहाँ नहर प्राथाले खेति गर्थे। गाउँ नै पिच्छे राज्य थियो। यीनिहरु एकआपसमा सिमाना आदि सवालहरुमा लडाई गरिरहन्थे हार्ने बिदेसिन्थे। तिनै हार्नेहरु मध्येका  ई.पु .हजार बर्ष अघि चिन तिर लागि बिशाल राज्य खडा गर्न पुगे। यसैको एक हाँगा काबुल पंजाब हुदै गंगा नदिको किनारमा बस्न पुगे। त्यहाँबाट पहाड तथा हिमालतर्फ लागेका कुरा ईमान्सिङ चेम्जङले आफ्नो कृति 'किराँत ईतिहास' मा उल्लेख गरेका छन्। महापण्डित राहुल सांकृत्यायन अनुसार किरातहरु पुर्ब देशको केकेशस पहाडदेखि पहाडै पहाड अघि बढ्दै वर्मा र चिन सम्म फैलिएका हुन।

     किराँतहरुको प्राचिन बंशावलि अनुसार शरदचन्द्र दासले केहि किरातीहरु भोटबाट नेपाल लगायत अन्य ठाउँमा प्रवेश् गरेका हुनभनि वर्णन गरिएका छन्। इमानसिङ चेम्जङले किरात मुन्धुमलाई उद्रीत गर्दै तिब्बतबात गोठालाहरुको एक झुण्ड आफ्नो गाई भैसीसंगै परामात्माको शक्ति र सिन्युक महारानिको आदेश अनुसार केहि किरातहरु हालका ताप्लेजुङ तिर प्रवेश गरे भनेका छन्।

     एस. सी. चौधरीका अनुसार अनसार किरातिहरु ठुलो सिकारी जीवन बिताउँदै भारत प्रवेश गरे। त्यसैगरि माहाङजोदाडोसंग पनि किरात सम्बन्धित छ। अर्थात, मा-मुमा, हाङ-महारानि, जोतहशील 'अड्डा',दाडो वा डाडो को अर्थ महल वा स्थान भएको देखिन्छ जहाँ बसेर महारानिले राजकाज संचालन गर्थिन्। त्यसबेला मतृसतात्मक युग भएको अनुमान लगाउन सकिन्छ। यसरी यिनिहरु सिन्धु नदिको आसपासमा गाउँ र शहरमा बसाई बसेका थिए भनि शिवकुमार श्रेष्ठले आफ्नो लिम्बुवानको ईतिहासमा उल्लेख गरेका छन्। त्यसै गरि बिभिन्न स्थानबाट किरातहरु नेपाल प्रवेश गरेको बिभिन्न प्रमाणहरु पाईन्छ।

     इमानसिङ चेम्जोङका अनुसार किरातिहरु काशी, ताईश्यान र लाशा बंशमा बिभाजित छन्। यसबाट के बुझिन्छ भने यि तिन ठाउँबाट किरातहरु नेपाल प्रवेश गरेका हुन। उनीहरु नेपालको उत्तर, उत्तरपश्चिम, उत्तरपुर्वबाट नेपाल प्रवेश गरेका हुन्।

 

काशी बंश

यिनीहरुको मुल थलो मुनातेम्बे मानिन्छ। मुनातेम्बे क्यास्पियन सागरको छेउछाउमा पर्दछ। काशी बंशहरु त्यहि बस्ने गर्दथे। कालान्तरमा आई क्यास्पियन सागर वरिपरि बस्नेहरुलाई काशी बंश भन्ने गरेको अनुमान गरिन्छ। त्यहाँबाट उनिहरु पर्शियाको दक्षिण पश्चिम आई त्यस ठाउँको नाम काशी राखे। जसलाई कुश प्रदेश पनि भनिन्थ्यो। १५ सय इ पु तिर यीनै जातिले बेबिलोनमा शासन् गर्दा ईस्लाम बंशी राजाले हराएपछि नामदिवेर नामका पुरोहितको नेतृत्वमा पुर्वतिर बड्ने क्रममा अफगानिस्थान र हिन्दुस्थान तिर लागे। यसकै एउटा समुह उत्तर हिमालय पहाड तिर गई त्यहाँ सिमाङ्गढ नाम राखे। त्यहिबाट यि जाति डोटी,प्युठान, पाल्पा, कठमान्डौ उपत्याका जिरि तिर आफ्नो राज्य कायम गरि बसेपछि तिनैका बंशहरु मोरङ र तराई बस्ने मेचे कोचे र धिमाल भए।त्यसैको एक हाँगो इलाम पसेर 'दुमे' भए भने अर्को हाँगा त्रीयुगा खोला तरेर ख्वालुङ र रावा, लिखु तिर बसोबास गर्न पुगि बाखोम्बा (हाल खम्बु जातिको शाखा) भएको अनुमान छ।

 

ताइसान बंश

      बसाई सर्दै जाने क्रममा किरातका एक शाखा चिनमा राज गर्न पुगेको माथि पनि उल्लेख गरिएको छ। उनिहरु गाउँ पिच्छे आपुङगी राज गर्न थाले। पछि यु नामको एक किरातिले धेरै यस्ता साना राज्यहरु गाभेर सामन्त प्रथा चलाए। गाउँमा आपुङगी राजाहरुको लडाई भै रहन्थ्यो। खासगरी चव बंशी कालमा यस्ता युद्व तिब्र हुनाले लडाईबाट हार भै ताईवंशी चिनियाहरुका केहि हुल थाईलेण्ड तिर कोहि बर्मातिर बसाई गए। त्यसै गरि किरातको एक हुल मुनातेम्बे तथा कुशबाट बसाई सराईको क्रममा भारत आए त्यहाँबाट बिस्थापित हुदै आज भन्दा ३००० बर्ष अगि वा ई.पु.१००० तिर बर्मातिर सान प्रदेशमा बसोबास गर्दै जानेहरु आफुलाई ताईसान बंशी कहलाउन थाले भनि ईतिहासमा भनिएको छ। यीनै ताईसान बंशीहरु ब्रहमपुत्र नदिको  किनारी मैदानमा गै केहि पुस्ता बसी त्यहाँबाट भारतको आसाम तिर आए। उनिहरु आफुलाई त्यहाँ रहदा श्यानमकवान। त्यहाँबाट उनिहरु नेपालको मोरङ हुदै धनकुटा आई बसोबास गर्न थालेको देखिन्छ। धेरै काल पछडी उनीहरु आठ किरातका बिभिन्न क्षेत्रमा बसोबास गर्न थाले। नेपालको यीनै ताईसान किरात बंशीहरुलाई काशी गोत्र भन्ने पनि गरिन्छ।

     डाईरेक्टर श्री अकल बा. मेन्याङबोको भनाई अनुसार ताईसान बंशीनै काशी बंशी 'गोत्र' हुन। ताई बंशीहरु मुनातेम्बे अर्थात क्यास्पियन सागरको छेउछाउबाट अफगानिस्थान हुदै बर्मा र चिनको सिमानामा आई त्यहि ठाउँमा शासन गरी बसे जसलाई शान प्रदेश भन्ने गरिन्छ। ताई बंशी सान प्रदेशमा आई शासन गरेकाले ताई बंशीलाई नै ताईसान बंशी भनिएको हो। कालन्तरमा उत्तरबाट काचिन बंशीहरुले आक्रमण गरि सान बंशीहरुको लगभग हजार जन योद्वाहरुलाई मारिदिए जसलाई ताईसान बंशीहरुले मकवान भन्ने गर्दथे। यस अर्थ शत्रुहरुबाट सान प्रदेशमा बस्नेहरु मध्ये हजारजना मारिएको कारणबाट ताईसान बंशीबाट सान मकवानमा परिवर्तन भएको हो। पराजित भएका सान मकवानहरु पुन नेपाल फर्किए। यिनै ताईसान बंशीहरुनै काशी बंश 'गोत्र' हुन्। जसलाई नेपालमा सान मकवान बंशी भनेर पुकारिन्छ।

 

ल्हासा गोत्र

भारतमा आर्य सभ्यता तथा शासनको थालनि हुन थालेपछि उनिहरुबाट सताईएका किरातहरु तिब्बत तिर लागे। यिनिहरु मध्ये सुवाहाङका छोरा मुनाफेनहाङले तिब्बतमा शासन स्थापना गर्न सफल भए। यिनको लासाहाङ भन्ने छोराले आफु राजा हुँदा तिब्बतिहरुलाई बढी अन्याय गरेको हुनाले जनताले उनलाई मारीदिए। उनका उवाहाङ र चावाहाङ छोराहरुमध्ये जनताले कान्छा चावाहाङलाई राजा बनाएपछि भाईको अधिनमा बस्न नचाहि उवाहाङ दक्षिण, तिब्बत हुदै नेपालको ताप्लेजुङमा आईपुगे। जहाँ सानमकवान किरातिहरु शासन गर्दथे। शुरुमा झगडा भएपनि पछि उनीहरु बीच मिलमिलाप  भयो। उवाहाङले किराती गाउँले राजाहरुलाई किराति ऋग्वेद पनि सिकाए भनिन्छ। उनी पछि उनका छोरा माबोहाङ राजा भए।जसले किरातहरुलाई युमा धर्म सिकाए। उनको पुस्ता पछि यिनै किरातिहरु तामाकोशी, सुनकोशी हुदै सिक्किमतिर पनि लागे।

      भारतमा आर्य सभ्यताको थालनि हुन थाले पछी वा आर्य प्रभाव आएपछी त्यहाँका किरातिहरु बिस्थापित हुदै नेपालको काठमाण्डौ उपत्यकामा प्रवेश गरेका ईतिहासमा पाईन्छ। उपत्यकामा यस जातिले लामो अवधिसम्म शासन गरे। यसबाट के देखिन्छ भने भारत र नेपाल दुबै ठाउँमा आर्य सभ्यता भन्दा पुर्वनै किरात सभ्यताको बिकास भएको पाईन्छ। दरप्पा र महेनजोदारोको उत्खनन् बाट शिव पार्वतीको मुर्ति फेला परेका छन्। शिवलाई पारुहाङ र पार्वतिलाई सुम्निमा भनी आज पनि किरातिहरुले पुजा गर्दछन्। उत्खनन् बाट किरात सभ्यता सिन्धु सभ्यता भन्दा पनि पुराना देखिन्छ।

 

लिम्बुवान क्षेत्रमा बसोबास गर्ने लिम्बुहरु

     लिम्बुवान क्षेत्रमा हालसम्म बसोबास गर्दै आएका केहि लिम्बुहरु कसरी कहाँबाट प्रवेश गरेका हुन भन्ने सम्बन्धमा एभेङ, थेबे, खेवा आदि लिम्बु बंशवलि तथा लिम्बु सम्बन्धि ईतिहासको आधारमा के पाईन्छ भने फेदाप थुमका लिम्बुहरुले बिजयपुर राज्य स्थापना गरेपछि किरातहरुलाई याकथुम्बा यक्थुम्बा भनिन थालियो। र १० थुम शासन पछि लिम्बु भनियो। त्यसै गरि अर्को काशी बंशी नेपालको सौराष्ट्र र चितौरगढ हुदै सिम्राङ्गढ र सुखी गंगाजी हुदै लिम्बुवान क्षेत्रमा प्रवेश हुदा ई.पु. ९०० तिर आएका थिए। यि सिम्रानगढबाट विस्थापित भए पछि नेपाल प्रवेश गरेका हुन। यीनिहरु नेपाल खाल्डोमा शासन गर्दै त्यहांबाट बिस्थापित भएर पुर्व चैनपुर क्षेत्र प्रवेश गर्ने काशी बंशी मुनाफेन बंश पनि भनिन्छ भनि थेबे बंशवलिमा उल्लेख छ। यो कुरा अन्य ईतिहासकारहरुले पनि उल्लेख गरेका छन्। यसै गरी सुनकोशी, अरुण, चैनपुर, संखुवासभा, याङरुप 'याङवरक' थुममा, सेन्छेने सेनेहाङ बंश् ई पु ८०० तिर यी क्षेत्रहरुमा आएको पनि अनुमान गरिएको छ।

    किरात लिम्बुहरुमध्येका खाम्बोङबा लिम्बु 'जो उत्तरि भेगमा दक्षीणि भेगमा शासन गर्दै' चौबिस क्षेत्रका लिम्बु जसको सन्तान सिम्रौगढबाट आएका लुकथुदोका सन्तान मध्ये भुईफुट्टा हाङका 'ई पु ५०० तिर' सन्तान जो फेदापमा शासन गर्ने हालका संयोक्पा, तुम्सा, तुम्बा, नेयोङबा, चेप्पा, कयोङबा भएको अनुमान गरिन्छ। छथरका खेवा लिम्बु ताईस्यान बंश श्यानमकवान नेता मुङमो रोङबाका सन्तान ७तौ सताब्दि तिर बर्तमान मोरङमा आई शासन गरे भनिन्छ। त्यसैगरि पछि कामरुपबाट आएका अर्का किरातले युद्वमा हराएपछि यो बंश फेदापको सोदुङ गाउँ गए। जसलाई त्यहाँ नयाँ मोरङ् राजा खेबाहाङ पनि भन्थे। हाल यिनका सन्तानहरु तिगेला खेवा, मङयाक खेवा, आङलावा खेवा, चोङबाङ खेवातम्बा खेवा, मादेन खेवा भनिएको छ।।।।।ई पु ९०० तिर सिमाङगढ क्षेत्रबाट बिस्तापित भएका किराती सन्तान मध्येका साङलाईङका भाई सिदिईङ फेदापको पहाडी क्षेत्रमा आबाद गरी बस्दा हिन्दु पुरोहितको प्रभावमा परी आफ्नो नाम अमर राय राखे। जुनबेला फेदापमा ६ राय र ७ राय गरी १३ राय थर थिए। यीनै १३ राय थरको थुम भएकोले त्यस ठाउँको नाम थेह्रथुम भनिन थालियो। यी १३ थरहरुका लिम्बुहरु निङलेखु, आङबुङे, पाहिम, हाङस्रङ, ईस्बो,चिलिफुङ, चिकेफुङ, तेहिम, पाङगेना, आङबुङग्याक, सोदेन,सुबाब, सिगेएम, उगुवा हुन भनिएको छ। ईङनाम्फे बंशावलि अनुसार बि.स. ४५१ भन्दा पहिले आठारे लिम्बु नेपाल प्रवेश गरेका हुन। यी पनि ताईस्यान बंशी हुन भनिन्छ। यहाँ उनिहरु मावरोङ क्षेत्रबाट उत्तर आउदा आठरायमा आएका हुन पनि भनिन्छ। त्यसै वखत कामरुपबाट बिस्थापित भै मोरङ बिजयपुर हुदै आठराई भएका लिम्बुहरु (हाल लाओती, शेर्मा, आङ्देम्बे, कन्दङ्वा) हुन भनिएको छ।

     ई पु ३०० तिर स्थापित फेदाप पहाडका वाजेदेव याक्थुङका १२ पुस्ता पछि फेदापे राजा कन्दुपजापहाङले आफ्नो चार भाई छोराहरुलाई बि स ४५१ मा बण्डा गरे जसमा जेठा मुन्धुगेहाङको तमोरखोला थुम (हालको लिबाङ, थलङ फेम्बासिङ, पाङ्वत लिबाङ, लुङखिम्बा, नाईदेम्बा)भाग पर्यो। माईला सान्धुङ्गेले मेवा खोला थुम (हालका सेरेङ, केदेम, नाल्बो, हाङ्गाम, तुम्बाम्फे, साम्याङ्खाम) यीनहरुको केहि बंश ईलाम तिर पनि गएका हुन भनिएको छ। साईला केनेहाङको मिल्के डाडा पुर्व मोउवा खोलाको पश्चिम (हालका एभेङ, चोङबाङ,क्याक, याख्या, थोप्र) र कान्छा कुचुहाङको मिल्के पश्चिमको सभा खोला उत्तर तमोर खोला थुम र याङरुप फावाखोला बण्डा परेको थियो। पछी कन्छा केनेहाङका दुई भाईमध्ये कजुङमाले तमोर खोला र केनेङभाले फावा खोलामा शासन गर्न थाले। हालका हेल्लोक, फेम्बु, ताम्मादेन, काम्बाङ,पालुङवा, फावेन, तवेगु, लेछर्बु, फुरुम्बु र फावाखोलामा बोखिम, ईजम, कङलिबा छन। मोउवा थुम उपत्याकाका ३९ पुस्ताका लिबुकहाङका सन्तान काठमाण्डुबाट पुर्ब सुनकोशी, अरुण, चैनपुर हुदै संखुवासभा क्षेत्रमा बसी शासन गरे हालका वनेम, आङला, फागो वनेम, तेम्बे, अख्राबो, मासुवा युक्युप,मादेन, सिदचेम, तेम्बे फागो आदि हुन।
 
     तिब्बतबाट दिगर्चामा शासन गर्ने लासाहाङका बिरुद्वमा लामाहरुले बिरोध गरेपछि आफ्नो सानमान सहित लिएर तमोर नदिको सिरबाट आई ताप्लेजुङ गडि बनाई शासन गर्न थाल्ने लाशाबंशी किरातहरु तामाकोशी सुनकोशी सिक्किमतिरपनि लागे। हालका माबो,चेम्जङ,अन्छाङ्बो,तुम्बाहाङफे,फेन्दुवा,सवेन्हीम,येङदेन,पतङ्वा,माङयुक,सङसङ्बो,लाबुङ,सुमासुन,मटेसङ हुन तथा अफगानिस्थानबाट भारतकोमध्यप्रदेस सौराष्ट्र चितौरगढ हुदै चौदण्डी प्रदेस पश्चात हालको लिम्बुवानको याङरुप क्षेत्रमा बसोबासगर्ने बिभिन्नथरका हालकालिम्बुहरुमा थुप्थुपो,थेबे,हेम्ब्या,लिङ्देन,सिगु,ईधिङगु,सेनेहाङ,जबेगु,हाङसुरुम्बा,केरुङ,थक्लेहाङ,यङयाहाङ,साँबा,ईङवाराम,सिङथेबे,मङधुम्बो हुन भन्ने बंशवलिहरुमा पाईन्छ। अर्को सन्तान नेपालको पुरानो बंशवलि अनुसार काठमाण्डौ उपत्याकामा शासन गर्ने किरातिहरु लिच्छिबि आगमन पश्चात पुर्बि ईलाका तिर बिस्तार भएको माथि उल्लेख गरिएको छ। यीनै किरातिहरु पुर्बमा वल्लो किरात,माझ किरात, पल्लो किरात राज्य बिस्तार भै एकिकरण ताकासम्म थिए। यीनिहरु बसोबास गरेको स्थानलाई नौ लाख किरात पनि भन्ने गरेको पाईन्छ। त्यसैगरि दश किरात सरदारहरु बर्मा,भारत,मोरङ हुदै धनकुटामा धेरै काल बसे पश्चात धनकुटाकै बोधेबाट छुट्टिएर आठ किरात प्रदेशका बिभिन्न भगमा छरिएर बसेको ईतिहासमा पाईन्छ। ईतिहासको लामो अन्तराल पछि यीनिहरुले आठ किरात राजाहरुलाई अपदस्थ गरि दश लिम्बुवान राज्य कायम गरि शासन पनि गरेको ईतिहासमा पाईन्छ। जसमध्ये थिन्दोलुङ खोक्याहाङ (सानबंशि) १० मध्ये याङरक क्षेत्रको राजा भै हस्तपुर यसका हाँगाहरु(मेन्याङबो,आङबुहाङ,फाक्लेक्छा,उसुकहाङ,खिम्दिङ,खोक्याहाङ)बाट शासन सन्चालन गरेको पनि बिभिन्न ईतिहासमा उल्लेख छ।
यसरी किरात तथा लिम्बुहरु नेपालको बिभिन्न भगमा बिभिन्न समयमा आई बसोबास गरेको पाईन्छ। बास्तवमाराई,लिम्बु,मगर,धिमाल,थकालि,थारु,दनुवार,सुनुवार,ज्यापु,चेपाङ,याख्खा,पोकल,लहरङ्,गुरुक्पा(गुरुङ)सबै किरात जातिमा पर्दछ भनि खोज कर्ताहरिले जनाएका छन्।जसमा कतिपयको खोजको बिषय बनेको छ। जस्तै तामाङ,सेर्पा,लेप्चा आदि भोटबाट आएको हुनसक्ने अनुमान गरिएको छ। त्यसैगरि डा
हर्क ब गुरुङले आफ्नो पुस्तकमा गुरुङलाई पनि किरात भन्नु भएको छ।ईतिहासको लामो अन्तरालमा बिभिन्न जाति उपजातिहरु यसरि नेपाल प्रवेश गरि बसोबासगर्ने र श्रीङ्खलाबद्व एतिहासीक पृष्टभुमिमा किरातहरुले आफ्नो प्राचिम्तम ईतिहास कायम गरेका छन्। बिभिन्न साना ठुलो राज्य कायम गर्दै राज्य गुमाउदै आफ्नो अस्तित्व कायम गर्ने गरेको नेपाल भुमिमा किरात,राई,लिम्बु,गुरुङ आदि जातिको ईतिहास छ। माथि उल्लेखित किरात ईतिहासको वास्तविकतालाई हेर्दा पनि उनिहरु बिभिन्न समयमा बिभिन्न खाले लिम्बु किरातहरु सानातिना स्थान,ठाउँ बिशेषका राजा भएका पाईन्छ र उनिहरुको बिस्तारको सम्बन्धमा बिभिन्न ईतिहास तथा बंशावलिमा भनिएको छ।मुल रुपमा माथि उल्लेखित काशी,ताईसान,र ल्हासा बंशीहरु नै हुन्।


    यसरि बिभिन्न ईतिहासकार तथा बंशवलि खोजकर्ताहरुले बिभिन्न किराति आगमनबारे धेरै तथ्य फेला पारेका छन्। यध्यपी यीनिहरुको आगमन बारे अझै खोज गर्नु पर्ने देखिन्छ। ती बंशहरु मध्ये मेन्याङबोको पुर्वज सानमकवान संग सम्बन्द्व भएकोले यसको एतिहासिकतालाई यहाँ यसको बिशेष ब्याख्या गर्न खोजिएको छ। दश लिम्बुवान भन्नाले अरुण पुर्ब धनकुटा,ताप्लेजुङ,पाचथर,ईलाम,तेर्हथुम,संखुवासभा,सुनसरि,मोरङ र झापा जम्मा ९ जिल्लाहरु पर्दछन्। हुनत यस बाहेक लिम्बुहरु बसोबास गरेका छैनन भन्ने होइन। यसको अर्थ ईतिहासको बिभिन्न कालमा ति क्षेत्रमा किरात तथा लिम्बु शासकहरुले शासन गरेका थिए तर यी सबै कुनै न कुनै कालमा नेपाल प्रवेश गरेका  किरातहरु मोंगोल सन्तान मध्ये भएको मथि उल्लेख भै सकेको छ। त्यसैले यी दश लिम्बुले आफ्नो शासन स्थापन गर्नु अघि यहाँ आठ किरात किरातिहरु सत्ताशिन थिए। यी दश लिम्बुहरु यी आठ किराति राज्यमा बसोबास गरेको धेरै समय पछि मात्र राज्य सत्ताको मालिक भएको बिभिन्न एतिहासिक खोज अनुसन्धानबाट पुष्टी भएको छ। दश लिम्बुले शासन गर्न थालेपछि लिम्बुवान क्षेत्र कहल्याईको हालसम्मको ईतिहासले पुष्टि गरेको छ र यी दश लिम्बु कसरी नेपालमा प्रवेश गरि राज्य संचालनको हैसियतमा पुगे भन्ने सवालमा यस बंशको ईतिहासतिर फर्कनु पर्ने हुन्छ।

 

स्रोत

थिनदोलुङ खोक्याहाङ मेन्याङबो बंशावलि २०५९ बाट

 

 

 

 

थिन्दोलुङ खोक्याहाङ बंशको छोटो परिचय

'थोदिङ ताङगसाक सवारोहाङ' थिन्दोलुङ खोकयाहाङका आदिम पुर्खा हुन भने 'थिन्दोलुङ खोकयाहाङ' अहिलेका पुस्ता मेन्याङ्बो, आङ्बोहाङ, खिम्दिङ ,उसुक ,सिवा ,फक्लेच्छवा र खोयाहाङ् का पुर्खा हुन । थोदिङ ताङगसाक सवारोहाङका पुर्खा को थिए यो पता लगाउन खोजिको बिषय छ किनकी उनिहरु बि सि १०० देखी ए डि २०० तिर हाल लिम्बुवान प्रदेश मा प्रबेस गर्ने 'सानमकान'दस सदार हरु मध्येका हुन।

 'सानमकावन' हाम्रा पुर्खाहरु प्रचिनकालमा विश्वाको बिभिन्न भाग मगोलिया ,मुनातेम्बे र भारतको बिभिन्न ठाउँ हुँदै दस सरदार हरु बर्मा र चिनका सिमाना बाट आज भन्दा २६०० बर्ष पूर्व बिस्तापित भई पश्चिम तिर लागे। उनीहरु हाल नेपालको लिम्बुवान क्षेत्र धनकुटा 'बोधे' भन्ने ठाउमा आठ किराती राजाहरुको अधिन मा लगभग ३४ पुस्ता सम्म बिताएको अनुमान छ। धनकुटा 'बोधे' भन्ने ठाउमा आउनु अगाडि मर्यादाक्रम अनुसार 'थोदिङ तङगसाक सवारोहाङ' चौथो स्थानमा थिए पछी लिम्बुवान को उदय भए पस्यात पनि उनका स्थान मा 'थिन्दोलुङ खोक्याहाङ'लाई’ मर्यादाक्रम अनुसार चौथो स्थान मा नै राखिएको प्रमाणीत छ। यसरी ६३ पुस्ता लामो बंशावली भएको 'थिन्दोलुङ खोक्याहाङ’ मेन्याङ्बोहरु निकै लामो ईतिहास बोकेका लिम्बुहरु हुन भन्ने कुरा ईतिहासले प्रमाणित गर्दछ। यि माथिका सारंसहरु हाम्रा थिन्दोलुङ खोक्याहाङ मेन्याङ्बो बंशावली २०५९ को पुस्तक मा पढ्न पाईन्छ।      

       

पुर्खा थिन्दोलुङ खोक्याहाङ का बिभिन्न सन्ततीहरु:-

१, मेन्याङ्बो:- थिन्दोलुङ खोक्याहाङ हस्तपुर गढीमा बसी राज गर्न थाले। उहा कै पुस्ता ८औ मेमेहाङ का शासनकाल चलिरहेको थियो। त्यसै बेला राज्य सन्चालन सहयोगी 'योङ्याहाङ' हरुले १, केरुङ २, तावा ३, जबेगु बशाका लिम्बु हरु को सहयोग लिई राज बिध्रोह गरी मेमेहाङ्लाई हस्तपुर यक बाट हटाउन सफल भए। त्यस पछी मेमेहाङ थेचम्बु मा आई राज्य गर्न थाले। यो घटना १४७७-१४८० तिर भएको अनुमान छ। मेमेहाङ्का १२औ पुस्ता आई पुग्दा थेचम्बुमा राजा थिन्दोलुङ युहानकेप को शासनकाल थियो। त्यहा पनि योङ्याहाङ हरुले पुन:अचानक आक्रमण गरे। त्यस युद्द मा राजा रानी लगायत पर्जा पनि धेरैको मृत्‍यु भए भनिन्छ। यो युद्द तीन दिन सम्म चलेको अनुमान छ। त्यसै बेला थिन्दोलुङ युहाङ्केपका  तीन नाबालक राज कुमार हरु पनि थिए,तर जनताले राज कुमार हरु लाई लुकाएका हुनाले योङ्याहाङ हरुले भेटउन सकेनन। जब योङ्याहाङ्हरुले राज कुमार हरुलाई खोज्दा पनि नभेटाएकोले उनिहरु'भेटिएन राजा' भन्दै  एकअर्कामा कुरा गरी हिंडेकोले लिम्बु भाषामा मेन्याङ्बो हाङ भन्नुनै राजा भेटिएन हो त्यस समय बाट मेन्याङ्बोहाङ भएको हो भन्ने भनाइ हाम्रो बशाको ईतिहासमा पाईन्छ।

 

२. आङ्बोहाङ:- जब योङ्याहाङको पुन:आक्रमणबाट बाचेका राजकुमार हरुको १३औ पुस्ता राजा लाहाङ को माइला भाई नामहाङ आठराइ क्षेत्रको राजा भई जादा गडी दरबारको निर्माण नभै सकेको हुँदा उहा केही दिनका लागि प्रजा शहीत सल्लाको रुख मुनी बास बस्न पुगेका थिए। त्यही चर्चा फैलिएकोले 'रुख मुनी बसेको राजा' अर्थात लिम्बु भाषामा 'आङ्बुङ्हाङ' हुन गयो भन्ने भनाइ बंशाको ईतिहासमा पाईन्छ।      

 

 

३. उसुकहाङ:- थिन्दोलुङ खोक्याहाङ वंशका ११ औ पुस्ताका राजा फुङहाङका जेठा छोरा १२ औ पुस्ताका एरुहाङका  सन्ततीहरु जो खोक्लिङ, दोरिम्बा (दुरिङ) क्षेत्रमा बसोबास गर्न थाले, उनिहरु उसुक हुन पुगे। तिनताका त्यहाँका जनताले उसुक राजालाई बिद्रोह गरि परास्ता गरेपछि, एरुहाङको दुई छोराहरु: सेन्दुपहाङ र लेन्दुपहाङ मध्ये जेठा छोरा सेन्दुपहाङ त्यहाँका राजा भए। तत्पाश्चत् उनलाई उसुकहाङ नै भनि सम्बोधन गरियो र कालन्तरमा उनी र उनका सन्ततीहरु उसुक भएका हुन भनिन्छ। By- दुर्यो उसुक (USA)

 

 

४. खिम्दिङ:- थेचम्बु बसोबास गर्ने २२औ पुस्ताका पुर्खा धनरुपको पालामा तमरखोले र थेचम्बु बिच सिमा क्षेत्र मा युद्द भएको थियो। पछी आएर मिलमीलाप को सिलसिलामा दोखु काभ्रे खोला,नङ्खोल्याङ स्थित चतुरे डाडा ठाडो सिमाना कायम गरी त्यहा बस्ने अधिकाङ्स मेन्याङ्बो हरु लाई थेचम्बु मा नै ल्याइ बसोबास गराएको थियो। तर थेचम्बुमा आउन इन्कार गर्ने मेन्याङ्बोहरु नङ्खोल्याङ मा नै बसेको देखिन्छ। त्यस पस्च्यात मेन्याङ्बो तमोरखोले हरु सँग मिलेर,टासिएर वसेको हुनाले लिम्बु भाषामा टासिनु लाई खिम्दिङ भनिन्छ। त्यसै बेला देखी उनका शन्तती हरुलाई खिम्दिङ भनिन थालियो र उनिहरु पुर्खा देदेहाङ्का सन्तानहरु मध्ये एक हुन भनी हाम्रो बशाको ईतिहासमा लेखिएको पाईन्छ।

५. खोक्याहाङ:- धेरै बर्ष अगाडि थेचम्बु खाल्टे बाट पूर्व तिर एक हुल मेन्याङ्बो सिकारको खोजिमा हिड्दा उनीहरुको साथ मा एक नाबालक पनि थिए। सिकार को पिछडी दौडदा दौडदै ति बालाक बाटमै छोडिए,फर्की आउँदा ति बालक नभेटिए पछी बाघ भालु ले खाएछ भनी उनिहरु फर्किए छन। तर भाग्य बस पछी सेक्रे का सेनेहाङ पनि सिकारको खोजिमा त्यसै दिसा तिर हिड्दा ति बालक लाई भेट्टाइ आफ्नो गाउ सेक्रे मा ल्याए। ति बालक को हुन को थिए पता लाउन नसके पछी तिनिहरु ले धर्म पुत्र सरह पाले। उनलाई त्यसरी जंगल बन मा भेट्टाएको हुनाले 'खोवाबा हाङ' अर्थात नेपालीमा भेटिएको राजा भन्न थाले। पछी थेचम्बु खाल्टे बाट थाहा पाइ लिना जादा आउन नमनी त्यही बसे त्यसै कारण सेक्रे डुम्रिसे का खोक्याहाङ हरु मेन्याङ्बो नै हुन भनी प्रस्ट बशावलिमा लेखिए को छन। साथै श्री लाख बा मेन्याङ्बो ज्यु को पर्तकक्ष्य कुरा बाट सुन्न पाईन्छ।

 

६. फक्लेच्छुवा:- राजा एरोहाङ थिन्दोलुङ युहाङ्केप का तिन भाई छोरा हरु मध्ये कान्छा छोरा हुन। बिजयपुरका महाराजा बिजयनाराण सेन ले जेठा थिन्दोलुङ लाहाङ लाई थेचम्बु, माइला थिन्दोलुङ नामहाङ लाई आठराइ र कान्छा थिन्दोलुङ एरोहाङ लाई हाल धनकुटा चौबिसे को राजा बनाइ पठाएँ र उनी पछी फक्लेच्छुवा मा परीणत भएको र हाल उनको सनततीहरु मावारोङमा बसोबास गर्दै छन भनी बशाको ईतिहास ले भनी रहेको छ। साथै श्री लाख बा मेन्याङ्बो ज्यु को पर्तकक्ष्य कुरा बाट सुन्न पाईन्छ। 

७. सिवा:- हाङ्वान्छाहाङ को जेठा छोरा पतवा रायका दुइवटी रानी हरु थिए । जेठि पटिको जेठा छोरा युवानहाङ र कान्छा पारीहाङ थिए। परीहाङ र कान्छी रानी ''तेनमाता पगरी'' पटिको छोरा हाङ्पोता छुट्टीएर सिवा खोला तिर गई बसे पछी उनी हरु का सनतती सिवा मेन्याङ्बो भई कहलाए भन्ने हाम्रो बशाको लेख मा लेखिएको देखिन्छ।

 

      यसरी हाम्रा ईतिहासको गर्व भित्र लुकेको बशा दाजु भाई,टाडिएको नाता,फेरिएको बिभिन्न थरहरु लाई आज नजिक र छर्लङ पारीदिएको छ थिन्दोलुङ खोक्याहङ २०५९ को किताब भित्र। फेरी हजारौ बर्षसम्म निस्कृय र लोप भई सकेको बशावली को खोज अनुसन्धान गर्न र लिपिबद्ध गर्न ,गरि राखन अती आबस्यक छ भन्ने आजको एकाईस औ सताब्दिको समयले माग गरिरहेको छ। साथै भबिस्यले पनि गहिरो आँखा गड्ने छन भनी पूर्ण आसा र विश्वाश राखौ!!!!

  

मेन्याङ्बोहरुको एतिहासिक  ठाउको नाउ

पाँचपले
   पुर्खा युहाङ्कर्ण र तासाकर्णहरुको पालामा एउटा छेत्री जातको परिवार आएर पयाङ्गु टारबारिमा पाँचवटा बलो भएको टहरो बनाइ बस्न थालेछ। त्यसैकारण बाटमा हिंड्नेहरुले त्यस टहरोमा बस्नेलाई पाँचपले भन्न थालए  र त्यही पाँचपले को नाउबाट पछी उक्त गाउको नाम नै पाँचपले भएको हो।


दमाई पाखा
   पाँचपले गाउँ र साङमाङगुको बिचमा पर्ने हयवा खोलाबारी पाँचपले पुच्छरपटी खालिठाउ रहेकोछ। त्यस ठाउमा बि,सि,१९६९ सालतिर एकपरिवार दमाइ जाती आएर बसोबास गर्न थाले। उक्त संवतदेखी त्यो ठाउको नाम दमाईपाखाको नामले पुकार्न थालियो भन्ने भनाई छ।


साङमाङगु 
   साङमाङगुको उत्तरपट्टिको भु-भागमा युगौदेखी आज सम्मपनी एउटा सानो पानी उम्रने गर्दछ। त्यस पानी मा एउटा साङ  अंङमाङपु नामक चारा त्यो पानीमा आएर सधैं खेल्ने र पानी पिउने गरेको कुरा बाटो हिंड्ने मनिसहरुले देख्थे। त्यस पानीपिउने चरालाई लिम्बु भाषामा साङ्बाङ्पु भन्ने गरिन्छ। यसरी बाटो हिंड्ने मानिषहरुले साङमाङपु को नाम ले पुकार्न थाले। र पछीबाट साङमाङपु बाट साङमाङगु नाम मा परीणत भएको भन्ने कथन छ। अर्को भनाइ अनुसार पहिला कुनै समयमा एकजना बिजुवा पश्चिम दिसाबाट पुर्बतिर बड्ने बड्ने क्रममा थकित भएर साङमाङगु गाउँमा आई पुगेर थकाइ मारेर बस्दा त्यो गाउँ र पानी हेरेर भनेछ 'साङ्साङ केरवा' ठाउँ रहेछ भनेछ। खस भाषामा सफा र खोला ठाउँ भनेर बुझिन्छ। त्यसै समय देखी साङ्साङबाट साङमाङगु नामकरण भएको किबदन्ती रहिआएकोपनीछ।  

चोक्सी डाँडा
   सा ङ् माङगु गाउँको पश्चिमपट्टी टुङ्गिएको भागलाई चोक्सी डाँडा भनिन्छ। चोक्सी डाँडाको अगाडि दाँया बाँया डरलाग्दो भिर पखेरा रहेकोछ। यसरी दुबै पट्टीबाट निचोरिएर निस्किएको चोसो भएकोले चोक्सी डाँडाको नामले पुकारीएको हो भन्ने भनाइछ। कुन समय देखी त्यो नाम बस्न गएको हो भनी यकिन गर्न नसकेता पनि त्यस चोक्सी डाँडामा राजा पुर्खा दोससापको छोरा राजा सिदिहाङको दरबार भाग्नावशेष रहिआएको पाईन्छ।

 
युमलाक्पा
   युमलाक्पा एउटा सानो गाउँ बस्तिको नामले चिनिन्छ र त्यो गाउँ साङमाङ्गु देखी पश्चिम हयवा खोल्सापारी पर्दछ। त्यस बाटोको एक भिर पखेरामा डुङ्गालाई हतले समाइ मुखमा चाट्ट्यो भने नुनिलोपन महसुस गर्दथे। त्यसकारण बाटो हिंड्ने मानिसहरुले नुन चाट्दै हिंड्ने भएकोले त्यो ठाउँको नाम युमलाक्पा भनी नामकरण गरे भन्ने किबदन्ती छ।

 
लाप्से वा तिगुन
   यस ठाउमा मानिसहरुको बसोबास हुनुभन्दा पूर्व लप्सिको भयंकर जङल थियो र बुढापाकाहरुले यस ठाउँलाई लाप्से भनेको हुनुपर्दछ भन्छन। यस् गाउँलाई तिगुम पनि भन्थे र बाहुनहरुले लाप्से,लिम्बुहरुले तिगुम भनेता पनि समष्टिमा लाप्से नै सम्बोधन गरिएको पाईन्छ।

सिरिक्मा
   सिरिक्मा भन्ने ठाउमा अन्य बाली भन्दा जौको बाली अत्यधिक हुने गर्दथ्यो। लिम्बु भाषामा सि को अर्थ जौ हुन आउछ तसर्थ उक्त जौ हुने ठाउलाई सिरिक्मा भनिएको हो भन्ने भनाइ बुडापाकाको छ।    

 खम्बुचोक
   राई जातिका एक समुह त्यो ठाउमा आएर बसोबास गरेका थिए। साना साना काठको घर बनाई बसोबास गर्दा अचानक नराम्रो रुडी बिमार आई धेरै राईहरुको त्यस ठाउमा मृत्‍यु भएको थियो। त्यसपछी राई हरुले त्यस ठाउलाई छोडि अन्तै बसाई सरेपछी घरको छाना सबै उडेर गई धुरिको चोकहरु  मात्र देखिन्थे। लिम्बु भाषामा राई लाई खम्बु भनीन्छ त्यसरी नै खम्बु र घरको चोक बाट गासिएर खम्बुचोक भनिएको हो भन्ने कथन छ।


पाँचपले देबीथान
   बि,स,१९७७ सालमा स्व श्री अम्बरबहादुर मेन्याङ्बो लामो समयसम्म रोगले पीडित बनेर बसेकाले एकदिन पुर्खा श्री स्व अर्थसिङ जनपा(फेदाङमा)लाई डाकी घरको कुलपित्र देबी देवतालाई बुझाई मनाउन लगाउदा फेदाङमाको आङ्गमा सेतीदेबी चढी मलाई नमाने सम्म बिरामी बालक निको हुनेछैन भने पछी उपस्थित मानिसहरुले तिम्रो थाना कहाँ छ? भनी प्रस्न गर्दा फेदाङमा थाल बोकी बजाउदै अध्यारो रातमा डाँडैडाडा कुदेर जङलमा पसे। जब अरु मानिसहरु फेदङमा भएको ठाउमा पुग्दा फेदङ माले फलाकी भनीरहेका थिए,म सेतो बाख्राको पाठी भोग खानेछु, मेरो सेना शिद्दीदेबी र नागदेबी चोखो दुध पिउनेछन। पुर्णेको दिन सालमा एक पटक मलाई सेतो बाख्राको पाठी र धुप बत्ती देउ भनी गाउलेहरुलाई भनेछ। देबीले भने अनुसार पूजा आजा गरेपछी केही दिनमा नै बिमारी निको भएको कथन पुर्खा स्व श्री अम्बरबहादुर मेन्याङ्बो ज्यु ले भन्नुभएको थियो रे। सेतीदेबीको थाना अझ पनि त्यस ठाउमा देखन पाईन्छ। 

थेचम्बु
थेचम्बु ईलाकालाई वारीपारीबाट हेर्दा बढ्दै गएर चुचे डाडो जस्तो देखिएकोले लिम्बु भाषाबाट त्यस ठाउलाई थोचङपो हुनुपर्छ किनकी थोचङ्पो भनेको लिम्बु भाषामा डाँडा चुलिन्दै गरेको हुन्छ भने केही बिद्दानहरुको अभिमत बेग्लै छ। थेचम्बुलाई चोया बासै बासले ढाकेकोले गर्दा त्यसको नाम थेचोङ्बुङ भएको हुनुपर्छ। किनकी लिम्बु भाषामा थे को अर्थ चोया बास,चोङ को अर्थ टुप्पो र बुङ को अर्थ बोट हुन्छ। जेसुकै भएपनी थेचम्बु को नाम यी दुई कारण मध्ये एक कारण बाट भएको हुन पर्छ।


तालेबारी 
तालेबारी त्यो गाउ खोलाको सतह देखी एक तला माथि भएकाले तालेबारी भनेको हो भन्ने त्यहा बसोबास गर्ने अधिकांश मेन्याङ्बोहरुको भनाई रहेको पाईन्छ।


माङ्जाबुङ
त्यस ठाउमा एक प्रकारको गुलियो बासको बोट उम्रिन्थ्यो,लिम्बु भाषामा गुलियो बसलाई माङ्जाबुङ हुन्छ तसर्थ त्यो ठाउको नाम माङ्जाबुङ रहेको हो भन्ने भनाइ छ।

पोखरी
पुर्खा युहाङ्केप राजाको बहिनी राजकुमारी थाङ्सामा बिजयपुर राजा बिजयनारायण सेनकी रानी थीईन भने लाहानग,नामहानग र एरोहाङ्का फुपु थीईन। थाङ्सामा रानीले त्यस ईलाकामा पिउने पानीको ज्यादै नै अभाब महसुस गरी एउटा पोखरिको निर्माण गरी जनाताको कल्यान गरेको हुनाले त्यही पोखरिको नाम बाट,ठाउको नाम पोखरी हुन गयो। 

सेरम्फु
एक समयमा त्यो ठाउलाई सालुम्फुको नामले चिनिन्थ्यो। तर बिष्तारै सालुम्फुबाट सेरम्फु नाममा परिवर्तन भायो। त्यसताका गाउमा मानिसहरुले समय समयमा सिकार गरिखान्थे। सिकार बाडेर लानुभन्दा पहिला सिकारीले सिकार कड्दै उक्त ठाउमा थुपारी राख्थे। यसरी सिकारको थुप्रो बाटो हिंड्ने मानिसहरुले देख्ने गर्थ्यो र त्यो ठाउलाई सालुम्फु भनी पुकार्न थाले। पछीबाट सालुम्फुबाट सेरम्फु नाम भयो।  

स्रोत

थिनदोलुङ खोक्याहाङ मेन्याङबो बंशावलि २०५९ बाट

 

 

 

थिन्दोलुङ खोक्यहाङ मेन्याङ्बोको शासनकालमा युद्ध सन्धिहरु;

 

योङ्याङ्हाङ संग युद्ध
सानमकवान वंशी दश सरदारहरु र आठ किरात बिच युद्ध आज भन्दा हजार बर्ष अगी भएको अनुमान गरिन्छ। दश सरदारहरुले युद्ध जिते पछी मेन्याङ्बोहरुको पुर्खा थिनदोलुङ खोक्याहाङ हस्तपुर गडिका राजा भए र उनका सन्तान मेमेहाङ लाई योङ्याहाङ,केरुङ,जबेगुहरु मिलेर बिद्रोह गरी मेमेहङ्लाई त्यहा बाट हटाए। त्यस पश्यात मेमेहाङ थेचम्बु गई राज्य स्थापित गरे र मेमेहाङ नै थेचम्बुका थिन्दोलुङ खोक्याहाङ मेन्याङ्बोका पहिलो राजा भए।


साङ्दाङ गडी;
हाङ्वान्छाहाङ्को जेठा छोरा पतवा रायको दुईवटी रानीहरु थिए र जेठिपटिको जेठा छोरा युवानहाङ र कान्छा पारीहाङ थिए। पारीहाङ र कान्छी तेन्माता पगरी पटीको छोरा हाङ्पोता छुट्टीएर सिवाखोला गएर बसे। त्यसपछी पतवा रयले तेनमातालाई तालेबारिको शिखरमा पर्ने हाङ्गेन्दक डाडामा छुट्टाएर राखे। जब हाङ्पोता हुर्केपछी सोही ठाउमा साङ्दाङ गडी बनाइ बसे। साङ्दाङ गडीको केही भागनवशेसहरु आजसम्म पनि रहिआएको पाईन्छ। धनरुपको माहिला छोरा कुमेरमान छुट्टीएर तेह्रथुमको परावादिन ईलाकामा गएर बसे र हालसम्म पनि उनका सन्तानहरु परेवादिन मै रहिबसेका छन।           

योङ्याहाङ्को थेचम्बु आक्रमण;
आठऔ पुस्ताका थिन्दोलुङ खोक्याहाङ मेमेहाङ र बार्हौ पुस्ताका युहाङ्केप थेचम्बुका राजा भईरहेको अवस्थामा योङ्याहाङ्हरुले आक्रमण गरी ठोलो क्षती पुर्याएको पाईन्छ। कारीब पांच दिनसम्म चलेको युद्धमा राजा रानी समेतको मृत्‍यु भएको थियो। युहाङ्केपका छोरा हरुलाई भने जनताले लुकाउन सफल भए। योङ्याहाङ्हरुले खुब लुट्पात मचाई राज कुमारहरुको खोजी गरे तर राजकुमारहरुलाई नभेटिए पछी लिम्बु भाषामा 'मेन्याङ्बा' भन्दै हिंडे। पछी आएर उनी हरुले थिन्दोलुङ मेन्याङ्बाहाङ भन्दा भन्दै मेन्याङ्बो भएको मानिन्छ। यी राजकुमारहरु फुपा बिजयनारायण सेन फुपु रजकुमारी थाङ्सामाको राज्य बिजयपुरमा आई हुर्के। पछी थेचम्बुका जनताहरुले राजाले माग गरे अनुसार एक जोडी मलसाप्रो बुझाई अनुरोध गरेर लाहाङ
राजकुमारलाई थेचम्बु लागि राजा बनाए। राजकुमारलाई राजतिलक फुपाजुले लगाइदिएका थिए।

थि,खो,मे, गोर्खा युद्ध;
बि,सं, १८३१ साउन २२ गतेमा गोर्खा राजा प्रिथ्बीनारायण र बिजयपुर राज्य बिच मैन्त्रिपूर्ण सन्धी भएको केही समय पछी सिक्किम फौज र लिम्बु फौजहरुले संगठित रुपमा गोर्खा फौजसंग युध गरेका थिए। सिक्किम फौजको सेनापती मारिए पछी सिक्किमे फौजहरु युध भुमिबाट भागेपनी लिम्बु फौजहरु बहादुरका साथ लडिरहे। बिशाल राज्यको फौज समु केही जोड चलेन र लिम्बुहरु प्रती अन्याय बडी हुनथालियो पछी उनिहरु सिक्किम, आसाम तिर बिदेसिन थालिएको पाईन्छ। बि,स,१८४३ मा रणबहादुर शाहले तिमीहरुलाई केही हुँदैन 'गल्ती भए माफ गरी दियौ'भनी उर्दी,घोषणा गरी बोलाए पनि उनिहरु आएनन। जसमा थिन्दोलुङ खोक्याहाङ पतवा राय मेन्याङ्बो पनि थिए।     

 

थेचम्बु,साङमाङगु लडाईं;
सिदिहाङ राजाले आफ्ना फौजिहरुलाई लडाकु बनाउनका लागि गुलेली,धनुकांड,तरवार,खुकुरी,भाला,खुडा र कुस्तीको तालिम गराए साथै बार्ह बर्ष देखी माथिका जनताहरुलाई समेत युद्ध गर्ने तालिम गराए। किनकी त्यस समयमा एक अर्का राजा माथि कुद्रिष्टी राख्ने मात्र होइन हमला समेत गरी युद्ध गर्थे। त्यस्तै केही समय पस्च्यात सिदिहाङ्को राज्य शासनको प्रगती देखेर थेचम्बुको दाजु खलकले हमला गरे। यसरी पटक पटक हमला गर्दा पनि सिदिहाङ्लाई पराजित गर्न सकेन। किनकी त्यहाको जनताहरुको राजा पर्ती अटल विश्वाश,एकता र तालिम प्राप्त योद्धा हरु थिए। युद्धमा वारी युम्लाक्पा पाखामा आठ गज लामो सिङगो मलबासको धनु भुइमा राखेर दुई चार जवानहरुले खुट्टाले धनु तानेर थुप्राइ कांडहरुलाई चोक्सी डाडा को मुनी पाखामा दुस्मन माथि बाण प्रहार गर्थे।अहिले पनि धनु अड्काउने ढुङ्गा हरु छदैछन। साथै राजदरबारको नजिक ठोली ढुङ्गा खोपेर बिष कुट्ने गरिन्थियो जुन बिष कांड्को टुप्पोमा लगाइ दुस्मन माथि प्रहार गरिन्थियो। केही समय पहिला बर्षात बाडिको कारण ढुङ्गा राखेको जमिन पहिरो गई बिष कुट्ने ढुंगा हयवा खोला तिर बगाएर लाग्यो भन्ने बुडापाकाको भनाइ छ।
सङमाङगु राजा थिन्दोलुङ सिदिहाङ र थेचम्बु राजा थिन्दोलुङ हाङगेनहाङ दाजु भाई बिच युद्ध भईरहेको चालपाइ उक्त युद्धको फाईदा उठाइ तमोरखोले राजाले थेचम्बु माथि आक्रमण(सिमा युद्ध)गर्न थाले। जो तम्मर खोलापट्टिबाट सेन्दुपहाङ राजा कै सन्तानहरु थिए।  बिशाल तमोरखोले राजाको आक्रमण आफुले मात्र थाम्न नसक्ने देखेर दाजु हाङगेनहाङ्ले भाई सिदिहाङ्लाई मिलापत्र गर्न प्रस्ताप राखे। त्यस पछी संयुक्त फौजहरुले तमोरखोले राजाको आक्रमणलाई बिफल पारी पुन:काब्रेखोला याङरुप थुम र तम्बरखोला बिचको सिमाना कायम गरे र दुबै थुम राजाहरुको उपस्थितिमा एउटा ठुलो ढुङ्गा माथि पैतालाको छाप लगाइ सिमाकन गरेको खुट्टाको पैतालाहरु आजसम्म पनि रहेको छ भन्ने भनाइ छ।
युद्ध समप्ती पछी दाजु भाई अंशबण्डा भयो र सिदिङ्हाङ्को शान्तती पनि थेचम्बु ईलाकामा आई बस्न थाले। साङमाङ्गु लाई खर्कको रुपले थेचम्बुलाई बेसिको रुपले उपभोग गर्न थाले।                      

स्रोत

थिनदोलुङ खोक्याहाङ मेन्याङबो बंशावलि २०५९ बाट

 ********************************************************************************************************

कहिले भएको थियो ? लिम्बूहरुको विद्रोह 

                                                                                                                          By Harkajung Kurumbang

 धेरै किरात इतिहास विद्व र लेखकहरुले लिम्बू र लिम्बूवानको बिषयमा व्याख्या र विश्लेषण गरिसकेका छन् । दश सरदार लिम्बूहरुको सन्तानले आठ आपुङ्गी राजाहरुको निरङ्कुश शासन माथि विद्रोह गरी हराएको वा युद्ध जितेको भन्ने लेखहरु प्रशस्तै पढन पाएता पनि त्यो विद्रोह कहिले गरेको अथवा भएको भएको थियो कसैले साल सम्म खुलाएको पाइन्दैन । यो लिम्बूहरुको लागि एउटा खोज मूलक बिषय हो । लिम्बूको संक्षिप्त इतिहस र थेबे वंशावलीका लेखक प्रसाद थेबेको अनुसार लिम्बूहरुको विद्रोह वि. सं. १३०० को शताब्दी तिर भएको अनुमान गर्नु हुन्छ । विद्रोह पछि विशाल आमसभा गरी देशको नाम, सिमाना, कसरी राज्य पञ्चालन गर्ने र जनता कसरी मिलेर बस्ने भन्ने बिषयमा छलफल गरेका थिए । सभाले पहिलाको निरङ्कुस शासनको अन्त्य भएको महाफेदाप देशलाई १० प्रान्त मा विभाजन गरे । देशको सिमाना उत्तरमा तिब्बत, दक्षिणमा इण्डियाको जलालगढ, पूर्वमा मेची र पश्चिममा अरुण नदी कायम गरे । धनु वाण (लि+तोङ) प्रयोग गरी युद्ध जितेको हुनाले सो ठाउँको नाम लिम्बूवान राखे । यो दश प्रान्तमा बस्ने सबै जनता दश लिम्बू याक्थुङ्बा भनी सम्बोधन गरी बस्ने र उनिहरुकै नियम कानून मान्ने प्रस्ताव पारीत गरे । 

दश प्रान्तका राजाहरु निम्न अनुसार छनौट भई आ-आफ्नो क्षेत्रमा शासन पञ्चालन गर्न थाले  (१) चार्खोल- इमेहाङ्ले पाए र आङ्दाङ इलाम गढ (यक) बनाइ राज्य पञ्चालन गरे (२) तमर खोला- सामलुप्ली साम्बाहाङ्ले तम्बर गढ (यक) बनाइ राज्य गरे (३) तेह्रथुम- ताप्पेसो पेरुहाङ्ले पाए र थाला गढ (यक) बनाइ राज्य गरे (४) आठराई- थकथकसो आङ्बोहाङ्ले पाए र पोमाजङ गढ (यक) स्थापना गरे (५) याङ्वरक- थिन्दोलुङ खोक्याहाङ चुनिए र उहाँले हस्तपुर गढ (यक) बनाइ राज्य पञ्चालन गरे (६) मेवा खोला- सिसियेङ श्रेङ हाङ्ले पाए र मिरिङ्गदेन् गढ (यक) बनाए (७) पाँचथर- यिङ्सो पापोहाङ्ले पाए र यासोक फेदेन गढ (यक) बनाइ राज्य गरे (८) छथर- खजुमहाङ्ले पाए र चामलिङ् चिमिलिङ गढ (यक) बनाए (९) चौबिस- सोइयाक लाहोहाङ्ले पाए र शान गढी (यक) (हालको साँगुरी) मा बसी राज्य पञ्चालन गरे (१०) फेदाप थुम- सेङ्सेङ्गुम फेदापहाङ्ले पोकलबाङ गढ (यक) बनाइ राज्य गरे । फेदापमा सेङ्सेङ्गुम फेदापहाङ पछि को उत्तराधिकारी बने फेदाप्पे वंशावली लेखकहरुले खोज्न बाँकी नै देखिन्छ । फेदाप थुमको फेदाप्पे (सातरे) लिम्बूहरुका वंशावलीहरु अध्ययन गर्दा थेबेको अनुमान संग ठ्याम्मै नमिले पनि धेरै नजिक देखिन्छ । कुरुम्बाङ, हुक्पा चोङ्बाङ, खापुङ, हाङ्स्रोङ र तुम्बाहाङ्फे वंशावलीहरु त्यै १३०० र १४०० सताब्दी तिर जोडिनु पुगेको देखिन्छ । यहाँ फेदाप्पे लिम्बूहरुको गढ (यक) र सेङ्सेङ्गुम फेदापहाङ्को गढ (यक) एउटै पोकलबाङ मान्दै आएको पाइन्छ ।
     'लिम्बु' शब्द लिम्बूहरु हामी किरात वंशका हौं भनी गौरव गर्दछन् । इतिहास विद्व ईमान सिंङ चेमजोंङ्गले दश सरदार लिम्बूहरुको सन्तानले आठ आपुङ्गी राज शासन माथिको विद्रोहमा धनु वाण (लि+तोङ) प्रयोग गरी जितेको प्रान्त भएकोले त्यो ठाउँमा बस्ने जनता याक्थुङ्बा लिम्बू भएको भनेका छन् । संक्षिप्त नेपाल इतिहास् वि. सं. २०११ लेखक सुब्बा प्रेम बहादुर मावोहाङ लिम्बू र भुपेन्द्रनाथ शर्मा ढुंगेलको लेख अनुसार नेपाल खाल्टोमा ३३ पुस्ता किरातहरुले राज्य गरेको र अन्तिम किरात राजा योक्ने हाङ भएको र उहाँको दुई छोरा मध्य जेठा लेलिमहाङ कान्छा खाम्सोसोहाङ थिए । जेठा लेलिमहाङ्को सन्तान लिम्बू भएको भनेका छन् । लिम्बूवान २०६३ लेखक अर्जुनबाबु माबुहाङ लेख्नु हुन्छ सेन र शाहहरुले लिलिम भन्दा भन्दै लिम्बू भएको लेख्नु हुन्छ । डुंग्रा वस्ती, कालेम्पुङ, इण्डियाका भाषा प्राध्यापक खगेन्द्र बहादुर सम्बाङ्फे भन्नु हुन्छ 'लिइङ+फु' बाट लिम्बू भएको बताउनु हुन्छ । लिम्बू भाषामा 'लिइङ' को अर्थ कुनै कुरा अंगमा अथवा वंश देखी वंशमा सार्ने वा प्रवेश गराउने प्रकृयालाई लिइङमा भनिन्छ र 'फु' को अर्थ दाजु भाइ हुन्छ । उहाँको खास भनाइ अनुसार 'लिइङ्+फु' को अर्थ भाइभैयात बनाएको हुन्छ । यी माथिको विद्वद्वर्गहरुको भनाइ हो भने विचका बुढापाका, माझौला लिम्बूहरु भन्छन् 'लिङ्+पुन' बाट लिम्बू भएको हो । लिम्बू भाषामा 'लिङ' को अर्थ उम्रिनु र 'पुन' को अर्थ माटो उधिनेको हुन्छ । यसरी विभिन्न तवरले व्याख्या र विश्लेषण गरिएता पनि आधिकारिक  रुपमा सेन र शाहहरुको राज्यकाल देखी लिम्बू शब्द जातिमा उल्लेख भएको देखिन्छ । जुन लिम्बूहरुले प्राप्त गरेको लालमोहर र रोक्का पत्रहरुबाट प्रमाणित हुन्छ ।
     'लिम्बुवान' शब्द इतिहास विद्व ईमान सिंह चेमजोंगले दश सरदार लिम्बूहरुको सन्तानले युद्ध गरी जितेको क्षेत्रलाई लिम्बूवान भएको भनेका छन् । लिम्बू भाषामा (लि+तोङ्+आबु+वाङ्+ना+दु+बा) धनु वाण प्रयोग गरी जितेको अर्थमा नाम राखेको भन्ने बुझिन्छ । तर लिम्बूको संक्षिप्त इतिहास र थेबे वंशावली लेखक प्रसाद थेबे लेख्नु हुन्छ वान शब्दको अर्थ चीनिया भाषामा ठाउँको नाम संग जोडिने शब्द हो । जस्तै- सेचुवान, ताईवान आदि । उहाँले लिम्बू नभाइ लिम्बो हुनु पर्ने र त्यस्को अर्थ चिनिया भाषामा धेरै परिश्रमगरी प्राप्त गरेको ठाउँ र वान जोडी लिम्बूवान भएको लेख्नु हुन्छ । चेमजोंग र थेबेको शब्द फरक भए पनि भन्नु खोजेको एउटै हुन आउँछ । थेबे अनुसार यहाँ धेरै परिश्रम गरेर पाएको ठाउँलाई लिम्बूवान् भएको भने, खम्बुवान चाहिं कम मिहिनत गरेर पाएका ठाउँ भनेका छन् । लिम्बुवानलाई पल्लो किरात पनि भनिन्छ । विषेश गरी लिम्बूवान अरुण पूर्व, मेची पश्चिम, चीनको तिब्बत दक्षिण र इण्डिया सिमानाको उत्तर यो भित्रको ठाउँलाई वर्तमान लिम्बूवान भनिन्छ । हाल यहाँ लिम्बू मात्र नभएर सबै जातिहरुको बसोबास पाइन्छ । पृथ्वी नारायण शाहको एकिकरण संग संगै अन्य जातिहरु पनि प्रवेश गराउदै वंशानु नामहरु परिवर्तन गर्दै ल्याए र त्यहाँका रैथाने लिम्बूहरु संग युद्ध गरेर नसक्ने हुँदा जाल पूर्वक सन्धिहरु गर्दै पछि लिम्बूहरुको किपोट प्रथा समेत समाप्त पारे ।
हाल लिम्बू र लिम्बूवान शब्दले राजनीतिक कोल्टे फेरिसकेकोछ । नेपालको तथ्याङ्क २०५८ अनुसार ३.५८ प्रतिसत जनसंख्या लिम्बूहरु भएको र ९० प्रतिसत आफ्नै लिम्बू भाषा बोलेको पाइन्छ । लिम्बूवान स्वायत्तराज्याको महत्वाकाङ्क्षा लिएर धेरै पार्टीहरु खोलेका छन् । लिम्बूहरु राज्य पञ्चालन गर्न समेत योग्य र सक्षम छन् । यी पर्टी र नेताहरु मिले लिम्बूवान स्वायत्तराज्य प्राप्त गर्न त्यति गाह्रो जस्तो देखिन्दैन । कारण लिम्बूहरु संग धेरै आधारहरु छन् । सेन र शाहकालका राज्य सरकारहरुले पटक पटक प्रदान गर्दैं आएको लाल्मोहर, रोक्का पत्र र चार किल्ले पत्रहरुले स्पष्ट हुन्छ । ती दस्तावेजहरु नेपाल देखी लण्डनको पुस्तकालय सम्म सुरक्षित छन् । हाल राजनीतिक नयाँ नेपाल र प्रान्तहरुको बिषयमा सुन्सरी, मोरङ र झापा जिल्लालाई कोचिला प्रदेश भन्नु निराधार अनि पुर्वग्रही मात्रा देखिन्छ । सिमानाको बिषयमा पंतिकारले अध्ययन गर्दा हक्सन दस्तावेज लिम्बू राईटिङ्-बुक, भोलम ८५, लिम्बूका धर्म चलन और विहोरा लिम्बूका दस्तुर, पाना नम्बर ४३ मा प्रष्ट संग उल्लेख गरेकोछ त्यो क्षेत्र लिम्बूवान हो भनेर ।

स्रोत:
(१) कुरुम्बाङ वंशावली लेखक: भीम राज कुरुम्बाङ (२) लिम्बूको संक्षिप्त इतिहास र थेबे वंशावली लेखक: प्रसाद थेबे (३) किरात इतिहास लेखक: ईमान सिंह चेमजोंग (४) लिम्बूवान लेखक: अर्जुनबाबु माबुहाङ (५) संक्षिप्त नेपाल इतिहास लेखक: सुब्बा प्रेम बहादुर मावोहाङ लिम्बू र भुपेन्द्रनाथ शर्मा ढुंगेल (६) खापुङ वंशावली (७) सातरेनुहाङ तुम्बाहाङ्फे वंशावली लेखेका: लीला बहादुर तुम्बाहाङ्फे (८) हुक्पा चोङ्बाङ वंशावली लेखक: खड्क बहादुर चोङ्बाङ (९) ब्रिटिश पुस्तकालय लण्डन