२००९ देखी मेन्याङबो कल्याणकारी संघ युकेको स्थापना भएको हो साथै यो वेव पेज पनि उक्त वर्ष देखिनै स

वंशजको एकता नै समाजको वलियो शक्ति हो |

                                                                                                                      E-Dilsing

इन्द्रेणी झुल्यो निलो छाया

-तेज मेन्याङबो

10/07/11

****************************************************************** 

राम लिला हरि कठै बरी
पन्छीमा राम्रो मयुरु से
भइ भरको जम्मै हजुरु से
सुरिल्लो साल्ल ज्य।स।ङ आल्ल
मेहेसिङ धाइन्ग आजु आइन्ग
नौनीलाइ घ्यु से लुङवा ज्यू से
रमाइलो गाउमा यसै ठाउमा
चोखोलाई सिन्दूर मेसरे ने
बर्षै दिनको चुम्लूङ मेलरे ने
चिमल फूङ फेक्केले लौनै हेक्के ले
कुवाको पानी चुवा चुप्सेरो
भई भरको जम्मै आजूप्से रो
पापी मन रूदा लौ तेसो हुदा
हातैकी ब्यु से लुङवा जयू से
वार पारै सुहाउदौ गेटै भयो
कस्तो से राम्रो भेटै भयो
साझैमा बाल्ने बत्ती राम्रो
भेट भयौ लूङवा से कत्ती राम्रो
कौसी फुङ कमल चाङ चाङ
भेट भयो लूङवा से हाङ हाङ
रानीको पैरान चिटीक्कै नि 
भेट लुङवा से बितिकाकै नि
तपासी ध्यान हा रे धुःखी ज्यान हा रे
राजिनाम छिन्ती लछा बिन्ती
बजारको सौदा मेहा नेन साङ
ताजेङ पान हा लुङवा हे मेदा नेन साङ
बार बजे लेन्जो तै साङ मेन्जो
मग मगी बाशन कपुरैमा 
लछा बिन्ती लुङवा को उपरैमा
राम भन्दै डुङगा लडाउ भन्छु
लछा बिन्ती उपरमा चढाउ मन्छू
सुकाको बिस्कुन हेमु फेल्ले
चढाउ भन्छु बिन्ती थेमु फेल्ले
तोङ धाजा छैना देवी होइना
चढाउ भन्छु बिन्ती केही होइना
औठी जाल युङ से लुङवा फुङसे
इन्द्रेणी झुल्यो निलो छाया
तपाइ ना हाम्रो नौलो माया
मचिसै पारी खोल खाल
नौलो माया लुङवा से बोल चाल
हूक सोरे लाङ सोरे पोगी लवा
चिनारो बोल चाल चोगी लवा
सितलु चेस्मा कुरो तेस्मा
चौतारी बरको लुङवा हरुको
सिलामकी आचार आगे बिचार
छेऊ नारी गोरु आक्के थोङबे
आगे बिचारलुङवा हरुको आक्के पोङबे
दान पैसा गन्दै तेसो भन्दै
तपासी ध्यान हारे दुःखु ज्यान हारे
साप्ला फुङ चान हा ताजेङ पान हा
मालिङगो काटी युरूम्बेरो

ताजेङ पान हा लुङवा से सुरूम्बेरो  
 
 
=========================================== 

मेरो माया

दिलसिङ मेन्याङबो,बेलायत 

11/04/11 

*************************************  

संसार प्रलय परीवर्तन भो

तर.....

मेरा केही अचल षेशहरु बाँकी रहे

ईन्द्रीय सक्ती असहाय भए

प्रतेक शब्दहरु ठप्प भए

 

बुझन गा¥र्यो भो जिवनको वास्तवीक्ता

डो¥याई  तिमीले नै ल्याई देउ मेरा बहार

सक्दीन माया नगरी तिमीलाई हरपल

जहाँ तिम्रो पाईला पाईलाको पर्छाई भरी

 

प्रतेक तिम्रो मुहार हेर्ने भित्ताका ऐनाहरु

हटाईसके आजभोली

ईन्द्रेणीझै छोपी राख्ने छु सदाबहार

तिमी हरपल  मेरो आखाको नानि भरी

 

भुली यी सब संसार

डुब्न डुबिसके

गहीराई पुगी सके

किनकी.......

तिम्रो सुन्दर मुस्कानमा रुमी सके

लाली ओठमा रंगी सके

मृग नयनमा कैदी सके

न्यानो काखमा गुटमुटी सके

प्रीत प्रेमी बनि सके... पागल प्रेमि बनि सके...... बनि सके!

 ***************************************************************************************
***************************************************** 
  सप्निल कल्पाईहरु
दिलसिङ मेन्याङबो 
 11/04/2010
अधेरी रात अनि डुब्न लागेको जुन झै भएको छु
सारा रात मेरा निदरीमा तिमीलाई नै पाएको छु
भोलीको किरण देखिन्छ देखिन्न छटपटाई रहेछु

तिम्रो सपनीमा स्वच्छ हावाझै उडन मन लागेको छ
तिम्रा केसका लहरहरु छुन मन लागेको छ
तिम्रा पाउको झन्कार सुन्न मन लागेको छ
तर,,,,
जब बिहानी संगै बिउझी हिड्न खोज्छु
लर्खरीएका पाउहरु काडै कडाले चिलिएझै लाग्छ

गगंनचुम्बी छुने मेरा रहरका बिरुवाहरु
लहरिन्दै छितीज पो छुने हो की?
धर्ती पो ढाक्ने हुन?
तर,,,
कहीले काही डर लाग्छ
पारी क्षितिजको डुब्न लागेको घामझै पो हुने हो की

भन,,
साथ देउ या नदेउ
माया गर या नगर
यी मैले रोजेका गोरेटोहरु मात्र हुन
मेरा एक तर्फी मनका कल्पनाहरु मात्र हुन
बालुवामा कोरेका रेखाहरु मात्र हुन
कही,,हुरी आई मेटाई पो दिने हुन
छाल आई बगाई पो दिने हुन
यी मेरा मनका महलहरु...
 
 
*****************************************************************************************
 

मायाको पिरले

भवानि मेन्याङबो

 Mon, 24 May, 2010

कि  किनारामा छोडी हिड मलाई
कतै लहरहरु आउने आशा त हुन्छ


कि झिरले पोलिदेउ  मलाई
अचेतमा बरबराउनु राम्रै हुन्छ


कि  तीरले रोपिदेउ मलाई
मरिजान त मजानै हुन्छ


तर,                                  

बिझाउने मायाको पिरले
नरोपि देउ पृये
त्यो सहन मलाई
सारो हुन्छ

 

 

*****************************************************************************************************

सिन्धोलुङ् थेवारे कुबालाम
 
By-Sindholung Theba
 
ताङ्खुकले नामथेक थेकतुङ्बारो
थिक् तेत्छी पालाम हेकतुङ्बारो ।
फाङ्जङ्धो चुङ्वा चुङ्वामासे
सिजोरा तेहिम लुङ्वामासे ।
सिगाप्ला सिङ्बुङ सितुङ हेक्के
निङ्वाले सेख्खा इतुङ हेक्के ।
सिङ्जङ्नु लुङ्जङ फेक्केल्लेग
आयाक्को आम्बी हेक्केल्लेग ।
लाङ्सोरे मेन्ल्लो हुक्सोरे
सिन्धोलुङ् थेबा चुक्सारे ।
च्वात लाम्माङ पेरेम साप्माइ पोक्से
सूनागेन ता:जेङ पाप्मै पोक्से ।
लाङचे:या थप्पेत येप्सेम्मेओ
निङ्वासो हन्नु खेप्सेम्मेओ
लेप फेसुङ तेत्ला साङ्फेओ ।
फेस बुकले चुकसा पाङ्फेओ
चेल्लेखोम तुम्से पु चुप्सेल्ले ।
फेस बुकओ आम्वी आजुप्सेल्ले
फुङ्जीरी फुङ्वा फेक्ते लरिक
याक्थुङ्बा चुम्से अक्के लरिक ।
सक सकले साम्यो सोसुम सारुम
याक्थुङ्बा मुन्धुम फोसुम सारुम ।
सोधुङ्गेन वरक नेफेल्ले आ
मेहेरि ता:जेङ थे फेल्ले आ ।
लराङ नु लुप्ली मेधाङ्नेन्ल्ल
याक्थुङ्बा काप्ला मेमानेन्ल्ल ।
चुङ्नावा वाजुङ वेत्लेलरिक
सिकलुङमा पहिम अक्केलरिक ।
याक्थुङ्बा साम्लो साम्लोरिरो
साम लोनु लोनु लामलोरिरो ।
लिखितम लेखी तमसुकैमा
भेटघाट गरौ फेस बुकैमा ।
सिन्धोलुङ काप्पो थेबारो
हुकफाक्नु आल्ल सेवारो ।।
 
*****
 
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
 
 
 
 
 
 
कहाँ छ त लिम्बुहरुको ''मुन्धुम्'' दस्तावेज?
 
By- Harkajang Kurumbang Limbu

तल क्लिक गर्नु होस
i
i
\/
 
****************************************
  
 
 राज्य संरचनाका आधारहरु
 

डा चैतन्य मेन्याङबो

खास गरी माग चाही एकात्मक प्रणालीमा रहदा मुलुकले भोग्नु परेका समस्याहरु, बिसंगतिहरु, कठिनाइहरुलाई हुर्नुपर्ने हुन्छ । एकात्मक शासन हुंदा हाम्रो विविधतापूर्ण समाजको एकथरीको मात्र एकलौटी राज्य भयो । शक्तिमा एकलौटी भयो । राज्यसत्तामा एकलौटी भएपछि स्रोत साधनमा एकलौटी पेवा भयो । त्यही कुरा निरन्तरता दिन अरुलाई नागरिक बन्ने अधिकारबाट समेत बञ्चित गराइयो । उनीहरुलाई समान अधिकार प्राप्त गर्ने हकबाट बञ्चित गराइयो । उसलाई उसले अंगिकार गरेको, जातीय भाषिक, सांस्कृति पृष्ठभूमी र कतिपय अबस्थामा भौगोलिक पृष्ठभूमीको कारणले पनि बहिस्कार गरिएका ।त्यस्तो अबस्थामा स्वभाविक रुपमा केन्दि्रकृत शासनको बिकल्पको रुपमा संघीय शासनको माग आयो । संघीय शासनका जादा धेरैले अवसर पाउछ । अहिले बहिस्कारणमा परेकाहरुले स्थान पाउछ भन्ने भयो । यसमा शक्तिको बांडफांडको कुरा आयो । यसले सभागिताको कुरा गर्छ र स्वशासन कायम हुन्छ । आफ्नो अधिकारको प्रयोगको कुरा पनि हुने भयो । केन्द्रलाई पनि साझेदारीको लागि उनीहरुले दवाव दिन सक्ने भयो । त्यो स्वशासित वा भौगोलिक क्षेत्र र केन्द्रबीचको सम्बन्ध स्पष्ट हुने भयो । अहिले बञ्चितीकरणमा परेका आदिवासी जनजाति, महिला, दलितलगायतका अरुले पनि आफ्नो अधिकारको प्रयोग गर्न पाउने भए । सांढे दुई सय वर्षदेखि हुंदै आएको एक लौटीको अन्त्य हुनेभयो । केन्दि्रय शासनमा साझेदारीको संभावना बढ्यो । त्यसैले केन्द्रमा साझेदारी र स्थानीय तहमा स्वशासनको व्यवस्था हुने भयो । नागरिकको सहभागिता र अधिकारको पूर्ण प्रयोगको लागि राम्रो सम्बोधन हुने भयो । विविधताको हिसाव गर्दापनि हामी धेरै प्रकारका मान्छे छौं । जातीय हिसावले एक सय भन्दा बढि छ । विविधताको पनि राम्रो सम्बोधन हुनुपर्यो । पहिचानको कारणले मात्र बाहिर पार्नु भएन । पहिचानको कुरा प्रबल रुपमा उठेको कुरा हो । सामाजिक आर्थिक राजनीतिक एजेण्डा मात्र सम्बोधन गरेर भएन । संसार भरी नै पहिचानको राजनीति प्रमुख भएर आएको छ । प्रमुख कुरा पहिचानको कारण उसलाई बहिस्कृत गरियो । संस्थागत संरचना नै त्यस्तो गरियो की ति पहिचानकै कारण बाहिर पठाइयो । त्यसैले त्यो संस्थागत संरचनाको अन्त्य गरेर उनीहरुलाई पनि सहभागि गराउन सकिने संरचनाको रुपमा हामीले संघीय शासन प्रणालीलाई अंगिकार गरेका छौं । यसलाई सम्मान पूर्वक साझेदारी र सहनुभूतीको कुरा हो । अरुप्रतिको सद्भाव पनि हो । संघीय भएपछि सबैले एक अर्कालाई बुझ्नु पर्यो र उसको भावनालाई सम्मान गर्नु पर्यो । लात हान्दै जाने हो भने छुटि्टन्छ नै कसैले पनि छुटि्टने अधिकार दिनु पर्दैन । एकता गर्ने कुरा भने उसको समस्या, पहिचान, सम्मान दिएर हो । अहिले एकात्मक शासनबाट भएन भनेर नै संघीयताको प्रारुपमा जान चाहेको हो । बिकेन्द्रिकरण त सफल भएन यहां । स्थानीय स्वशासन ऐनकै कुरा गरौं । त्यति सम्म पनि नमानेपछि कसरी संभव छ । त्यसमा विकासका सामान्य जिम्मेवारीसमेत नमानेको देखियो । संरचनागत रुपमा नै त्यसलाई परिवर्तन गरौं भन्ने हो । सामाजिकआर्थिक विषयलाई नै हेरौं । संसारभरी नै एकात्मक शासन भएको ठाउमा राजधानी सधै केन्द्र र शक्ति सम्मपन्न रहन्छ । त्यसैलाई र त्यसको स्वार्थमा मात्र नियन्त्रण गर्न सक्ने हिसावले विकास गर्छ । धेरै ठाउंमा विकास केन्द्रहरु होस् भन्ने उसले चाहदैन । त्यसले आफ्नो शक्ति घट्ने उनीहरुको मान्यता हुन्छ । संघीताले धेरै शक्ति केन्द्रहरुको विकास गर्छ । स्रोत छरिएर जान्छ र केन्द्रले नै सबै निर्णय हुने अबस्थाको अन्त्य भएपछि स्रोतको न्यायोचित पुनर्वितरण हुन्छ । त्यसले नया विकासका संभावनालाइृ खोल्छ । १९७० बाट क्षेत्रिय विकासको कुरा गर्दै आएको हो । तर, क्षेत्रगत रुपमा कहिल्यै विकास हुनै सकेन । दयामायाले कहिले कहि दिने गरेको दानबाट हुन सकेन । तैपनि यो राजनीतिक निर्णयको कुरा हो । अहिले राज्यहरु आत्मनिर्भर हुन सक्दैन की भन्ने सोच छ त्यो पुरानै परिपाटीबाट जाने मनसाय देखिन्छ । एकमात्मक शासन प्रणालीमा सामाजिकआर्थिक न्यायको कुरा हुनै नसक्ने रहेछ । हेरौंन नया राजधानी बनेपछि काठमाडौं पो किन आउने ? एउटा सानो कृषि सेन्टर खोल्नका लागि काठमाडौं आउने छैन । विश्व विद्यालय आफै बनाउने छन् । हाम्रा कुन चाही क्षेत्रमा नै त्यसै पैसा आउछ र ? केन्द्रिय सरकारले फाइल समातेर बस्नुको सट्टा जव आआफ्नै क्षेत्रमा विकासमा संरचना बनाउने हो भने उनीहरु ऋाफै लाग्ने छ । कर्नाली कै कुरा गरौं न । जुन दिनसम्म कर्णालीको बिजुलीबाट आउने रकम काठमाडौं ल्याउने परिपाटी हुन्छ त्यस बेलासम्म कर्णालीको विकास हुनै सक्दैन । उनीहरुकेा सपना हुनसक्छ कर्णालीको विजुलीबाट पाखा पखेरख झिलीमिली पार्ने र आएको आम्दानीबाट अरु विकास गर्ने । तर, जुन दिनसम्म त्यसको आम्दानी काठमाडौं ल्याउने कुरा चली रहन्छ । त्यसबेलासम्म त्यहांका जनतामा आफ्नो विकासमा लाग्ने वाक़तावरण नै हुने छैनन् । तर, कर्णालीमा हुने आम्दानीको ९० प्रतिशत त्यही खर्च गर्ने व्यवस्था गरौं न त्यसको कर्नालीमा विजुली निकाल्ने कामको पहल उनीहरुले नै सुरु गर्नेछन् । त्यस्ता संभावनाहरु हाम्रा हरेक क्षेत्रमा छन् । खांचो त व्यवस्थापनको मात्र हो । हामीले भन्सार हेरेर कहा हुन्छ र त्यो त दुलो मात्र हो । तर कहाबाट आएको हो भन्ने कुरा पो हेर्नु पर्छ । काठमाडौं या विराटनगरमा कच्चा पदार्थ ल्याएर निकासी गर्न सक्दा अरुले सक्दैन र हुंदैन भन्ने हुन्छ । र त्यसैगरी आआफ्नो विशेषता अनुसार आफ्नो अनुसारको विकासको खाका बन्न पनि त सक्छ । सिंहदरवारमा फाइल रोकिएपछि पुरै देश डेडलक भएर बस्नु पेरन नी । सिंहदरवारको प्रशासन विग्रीयो भन्दैमा पुरै देशले त्यसको दुःख भोग्नु पर्ने पनि त हुंदैन नी । उनीहरुले आआफ्नो ढंगले स्वशासित क्षेत्रको विकासको मोडल बनाउन सक्छ र स्वशासनलाई स्वच्छ बनाउन सक्छ । यति हुंदा हुंदा पनि यो चाही दोस्रो कुरा हो । अहिले जुन ढंगले संघका आधारहरु निर्धारणको वहस उठेको छ । त्यसका लागि बृहत छलफलको खांचो छ । जस्तै, जातीयता, भाषा, सांस्कृतिक पक्षहरु, जनसंख्या, भूगोल, ऐतिहासिकता आदि सबै कुराहरुलाई राखेर हेर्नु पर्ने हुन्छ । पटक्कै भाषा, जातिको आधारमा पटक्कै हुन्न भन्ने कुरै आउदैन । भारतकै उदाहरण हेरौ. त्यहा भाषाका आधारमा पनि छन्, जातीका आधारमा पनि छन् । तैपनि माथिबाट लागु गर्नुपर्ने कुरा हुंदैन । यसले फेरी द्धन्द्धलाई बढवा दिने छ । एउटा मात्र मापदण्डले हुने संभावना देखिएन । आदिवासी जनजातिलगायतका कुरा नै गरौं उनीहरु जातीय, भाषित स्वयत्तताका कुरा उठाइ रहेका छन् । कर्णालीकै कुरा गरौं उनीहरु फेरी क्षेत्रीयताको कुरा उठाइ रहेका छन् । यि समस्याहरु एठेकै कारण हामी समाधानको बाटोमा जाने हो भने ती कुनाहरुमा के कुरा भइ रहेको छ, उनीहरुको मागहरुको सम्बोधन गर्नका लागि छलफलको प्रकृयामा अघि बढ्नु पर्यो । उनीहरुसंगै छलफल गरेर निर्धारण गर्नुपर्ने हुन्छ । आदिवासी जनजातिकै कुरा गरौं ५९ थरीले नै स्वशासित क्षेत्रको माग गरेका छन् । त्यो दिन सक्ने अबस्था छ की छैन भन्ने त छ । त्यसैगरी कति संभव छ भन्ने कुरामा उनीहरुसंगै छलफल गर्नुपर्छ । तर, सुरुमा अहिले हामीसंग भएको जुन संरचना छ, प्रदेश, अञ्चल, जिल्लालगायतलाई दिमागबाट झिकी दिनुपर्यो र त्यसलाई खाली बनाएर त्यसको विविधतालाई हेरेर नया संरचनाको निर्माण गर्नुपर्ने हुन्छ । कति प्रान्तमा कति, त्यो भन्दा मुनी के बनाउने भन्ने विषयहरुमा सोच्न सकिन्छ । तर, संघीता भनेको मान्छेको लागि हो । अहिले जसरी भूगोलको मात्र कुरा आइ रहेको छ । शासन त मान्छेलाई हो । डांडालाई होइन । भूगोल भनेको हामीले चर्चेको क्षेत्र हो । भूगोल मात्र भन्नुको अर्थ शक्तिलाई फेरी पनि केन्द्रिकृत बनाएर राख्ने हो । तर, जाति, भाषा र क्षेत्रको रुपमा जुन कुरा उठी रहेको छ । त्यसले उच्च अकांक्षहरुको सम्बोधन हो । कसरी केन्द्रिकृत व्यवस्थालाई अन्त्य गर्ने हो । त्यसैले यसरी बनाइएको संघीयतामा कसैले यो भूमी वा क्षेत्र मेरो भन्ने भावना हुनुपर्यो । त्यसैले मात्र अवको समयमा सार्वभौमिकतालाई बचाउन सक्छ । हिजोको सार्वभौमिकता राजामा निहीत थियो । त्यसैले गर्दा त्यसलाई प्रतिक बनाएर राज्यलाई एकताबद्ध बनाउन सक्छ भन्ने मान्यता थियो । त्यसले जनतालाई निरिह प्राणीको रुपमा लिइएको छ । अहिले जानी नजानी सर्वाभौमसत्ता जनतामा छ भनेर स्वीकार गरी सकेका छौं । यो संसदमा पनि छैन । यो अर्थमा जनताले बलियो संस्था कस्लाई बनाउछ भन्ने हो । उनीहरुले निरन्तर सम्पर्क र सम्बन्ध रहने इकाइलाई नै उनीहरु ब्लियो होस् भन्ने चाहन्छन् । त्यसपछि उब्रेको माथि हुंदै केन्द्रिय सरकारलाई जुन कुरासंग जनताको खासै दैनिक जीवन जोडिएको छैन त्यो मात्र रहने छ । तर, यसो भन्दैमा केही निश्चित मान्यताहरुलाई नमान्ने भन्ने चाही हुनै सक्दैन । यसको अर्थ उनीहरु जातीय निरंकुश राज्यको कल्पनामा भने जान सक्दैनन् । अहिले जस्ले जातीय स्वशासनका कुरा उठाएका छन् । तिनले प्रजातान्त्रि मुल्य मान्यता र मानव अधिकारलाई मान्दिन भनेका छैनन् । त्यसपछिका सबै कुराहरु त बसेर छलफल गरेर तय गर्नुपर्छ । यसको प्रमुख कारण चाही ऐतिहासिक रुपमा गरिएको बहिस्करण र अन्यायको अत्य गर्नु हो । नकी अरुलाई दोस्रो दर्जाको नागरिक बनाउने होइन । जो यतिका वर्षसम्म बहिस्कारणमा परेका छन्, उनीहरुसंग त्यसको अनुभव छ र उनीहरु ऋहिले नै अल्पसंख्यकहरुको अधिकार कसरी सुनिश्चित गनेृ भन्ने कुरामा जुटेका छन् । यसलाई दक्षिण अफ्रीकामा जस्तै संविधानले केही मूलभूत सिद्धान्तहरु बनाएर राज्यतहमा संविधान निर्माण गर्ने काम उनीहरुलाई नै छाड्नु पर्छ । त्यसले मात्र उनीहरुको आफ्नो आवश्यकता अनुसारको ढांचा तयार पार्न सकने छन् । अव कसैले पनि म मात्र अधिकारको उपयोग गर्छु भन्ने हो भने अन्ततोगत्व फेरी त्यहा निश्चित रुपमै बिद्रोह हुन्छ । त्यसैले त्यहा रहेको सबैलाई समेट्नु आवश्यक छ । १७।०२।१० बुधबार