२००९ देखी मेन्याङबो कल्याणकारी संघ युकेको स्थापना भएको हो साथै यो वेव पेज पनि उक्त वर्ष देखिनै स

वंशजको एकता नै समाजको वलियो शक्ति हो |

                                                      By-Dilsing Menyangbo 

 ANGBUHANG

 

जब योङ्याहाङको पुन:आक्रमणबाट बाचेका राजकुमार हरुको १३औ पुस्ता राजा लाहाङ को माइला भाई नामहाङ आठराइ क्षेत्रको राजा भई जादा गडी दरबारको निर्माण नभै सकेको हुँदा उहा केही दिनका लागि प्रजा शहीत सल्लाको रुख मुनी बास बस्न पुगेका थिए। त्यही चर्चा फैलिएकोले 'रुख मुनी बसेको राजा' अर्थात लिम्बु भाषामा 'आङ्बुङ्हाङ' हुन गयो भन्ने भनाइ बंशाको ईतिहासमा पाईन्छ। 

स्रोत
थिन्दोलुङ खोक्याहाङ वंशावलि-२०५९ बाट

 

00000000000000000000000000000000000000000000000000000000000000000000000000 

++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++ 
+++++++++++++++++++++++++++++++++++++++++++
 
 
PROFILE OF MAJOR PADAMBAHADUR LIMBU MVO - LATE RGR

Father – Hav Gangaprasad Angbuhang

Mother – Mrs Ranhangma Chongbangyak/ Angbuhang

Major Padambahadur Limbu MVO was born in 25 April 1962 at Pallo Kirat - Chungwa village Hang Pang, Taplejung, East Nepal.  After completing his higher secondary level education he joined the Brigade of Gurkhas (British Army) on 03 November 1979 at British Gurkhas Depot (BGD), Dharan.  He carries a long and proud history and as he is the third generation of his family that has served in the British Army.

He was commissioned on 25th August 1995 and has held numerous appointments within and outside the Brigade:

 * Platoon Commander Infantry Training Centre, Wales and in the Battalion.

*Company Second-in-Command of both British and Gurkha Battalion (RGR, The Light Infantry and The Royal Anglian Regiment) involving a number of Operational tours such as Afghanistan, Bosnia, Iraq and Sierra Leone.

*Queens Gurkha Orderly Officer at Buckingham Palace and awarded Royal Insignia  Member of Royal Victorian Order (Fifth Class).

*Gurkha Major British Gurkhas Kathmandu.

*Operation/ Training Officer the of the 2nd Battalion The Royal Anglian Regiment in Germany and Iraq (Op Telic 12).

*SO3 G7 Training Army Primary Health Care Service South Region.

 After a long and distinguish Military career he retired from the Regular Army in  June 2009  and  is currently serving under Full Time Reserve Service with 7 Rifles as Unit Employer Support Officer at Reading, United Kingdom.

Affiliated and served Regiments & Units

7th DEO Gurkha Rifles, 2nd Bn Royal Gurkah Rifles, Infantry Training Centre Wales, 1st Bn The Light Infantry, The British Gurkhas Kathmandu, 2nd Bn The Royal Anglian Regiment,

The Army Primary Health Care (APHCS), The 7th Rifles.

Decorations

Member of the Royal Victorian Order (MVO fifth class)

South Atlantic Medal with Rosette (Falkland Campaign)

OSM Sierra Leone      (Op Silkman)

Bosnia Medal (Op Palatine)

OSM Afghanistan       (Op Keeling)

OSM Iraq (OP Telic 12)

Queen’s Silver Jubilee Medal

Long Service and Good conduct Medal

Education 

GCGI - City & Guilds London Level -7 (Leadership and Management)

MCGI - City and Guilds (London)

                                                                        Countries served

Afghanistan, Brunei, Belize, Bosnia, Canada, Falkland Island, Germany, Hong Kong, Iraq, Kenya, Kuwait, New Zealand, Papua New Guinea, Slovak Republic, Sierra Leone, United state of America and United Kingdom.  

 

 रि. मेजर श्री पदम बाहादुर आङबुहाङ परीवार सहीत। 

 Major Padambahadur Limbu MVO is married to Sunita and has a son and daughter.  His interest’s include; all outdoor activities, travelling, walking, watching wildlife, sports, golf and likes to live a healthy lifestyle.

         

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
 
 
 
 
Mr Khadkajang Angbuhang and family, uk


@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
 
 
 
 

*********************************************************************************************************

EXECUTIVE COMMITTEE ANGBUHANG PARIWAR UK

Estd-2006

 ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

Current Committee Members Since 28th March 2010

 

  ANGBUHANG PARIWAR UK

    Established- 07 January 2006

                                   

President

         Mr Yambahadur Angbuhang

 

V/President

    Mr Haribhakta Angbuhang

 

             G/Secretary                       Secretary

          Mr Bhuwaniraj Angbuhang            Mr Bheshraj Angbuhang

 

              Treasurer                               A/Treasurer

                     Mr Yubraj Angbuhang – 1                 Mr Yubraj Angbuhang – 2                            

 Executive Members

1.Mr Govinda Angbuhang 2.Mr Chandra K. Angbuhang

3.Mr Mahendra Angbuhang 4.Mr Rabin Angbuhang

5.Mr Dilkumar Angbuhang 6.Mr Chandra B. Angbuhang

7.Mr Damber Angbuhang 8.Mrs. Pabitra Wanem (Ang)

9.Mrs. Neelam Rai (Ang)

 

Advisers

1.Mr Asarsing Angbuhang

2. Mr Tekprasad Angbuhang

3. Mr Ishwar Angbuhang(Lt Retd)

4. Mr Birdhoj Angbuhang

5. Mr Khadgajang Angbuhang

 

**********************************************************************************************************

इतिहासले बिर्सेको शहीद बाजहाङ् आङबुहाङ लिम्बू

(Thindolung Khokyahang)


                                                                                                     By –टङ्क वनेम।                                                         

 तत्कालीन याङ्वारक हस्तपूरगढ(वर्तमान पूर्व नेपाल–याङ्रुरुप) र पछि थेच्चम्बोका राजा मुहाङ्केपका लाहाङ्,(हाङ्साम) र नामहाङ् नाम गरेका छोराहरु थिए। बिजयपुरका राजा कामदत्त सेनको राज्यकाल बि.स १८१८ सालदेखि बि.स.१८२६ सालसंम्म रहेको बेला नामहाङ्लाई वर्तमान जिल्ला ताप्लेजुङ्को हाङ्पाङ् गाउँमा स्वयम् कामदत्तसेनले स्थानीय चाँगे हाङपाङ गाउँवासिहरुसंग सल्लाह मिलाई उनीहरुको राजा बनाई राखेका थिए। बि.स १८२६ सालमा कामदत्तसेनको हत्या भए पछि सेनबंशी राजाहरुले बक्सेको लिम्बूवानका आपुङ्गी राज्यहरुमा स्वशासित राज्य संञ्चालनको होडबाजी चलेको हुँदा गोरर्खाली राजा पृथ्वीनारायण शाहको अधिपत्य कायम हुन थाल्यो। बि.स.१८३० सालमा लिम्बूवान माथि हमला हुँदा प्रतिरोधि मेवा र मैवाखोला थुमका साहसी बीर योद्धा शिया,आक्पा र मुकुम्बाहरुलाइ निर्मता पूर्वक मारिएको थियो। बिजयपुरे बुद्धिकर्ण राय खेवा (खेबाङ?) (बि.स.१८३४) लाई अत्यन्त कठोर र पाशविक ढंङ्गले मारिएको थियो। अङ्ग्रेज इतिहासकार Hamilton ले आफ्नो इतिहासको पाना नं. १४१ मा लेखे अनुसार उहाँको प्राण जान तीन दिन लागेको थियो ।

यहीक्रम अघि बढदै जाँदा लिम्बूवानमा राणाशासन विरोधी लिम्बूहरुलाइ झुन्ड्याएर फाँसी दिन थालियो। बि.स १९४३ सालमा सुबेदार लाहाङ् लिम्बूलाई धनकुट्टा टेकुनालामा झुन्ड्याइ मारियो। त्यसरी नै बि.स १९४४ साल भदौमा नेपाल (काठमान्डौ) मा काशीनाथ र मानबहादुर लिम्बू समेत झुन्ड्याइ मारिएको ऐतिहासिक टिप्पणी लेखिएको पाइएको छ। राणाहरुबाट ज्यानै लिने सजाय पाउनु भनेको तत्कालीन राणाशासनको विरोधी भएकै कारण ज्यान लिने सजाय दिइएको थियो। जङ्गबहादुरको पालामा दसैँ मान्नु आफ्नो धर्म र संस्कृति विरुद्ध भएको जनाउँदै दसैँ मान्न बहिस्कार गर्दा छथरथुम धनकुट्टा आठपहरिया राईहरुका नेतृत्व गर्ने रिदामा र रामलीहाङ् दुई साहसी पुरुषहरुलाई वध गरिएको थियो। यसरी नै बि.स १९५२ सालमा पूर्व ५ नम्बर अड्डा सरकार खडागरी जर्णेल नृबिक्रम राणा धनकुट्टाबाट ताप्लेजुङमा गएर वर्तमान ताप्लेजुङ बजार जेल नजिकै उत्तरपट्टिको तेर्छो बाटोछेउ पात्ले कटुसको बोटमा बाजहाङ् आङबुहाङ्लाई झुन्ड्याएर मारेका थिए।

आङबुहाङ् बंशावली संङ्कलक स्व.केशब प्रसाद आङबुहाङ् (आङबुहाङ् परिवार कल्याणकारी समिति–केन्दि्रय कार्यलय धरान) अनुसार नामहाङ् (जसमत्रे) को दसौँ पुस्ता नाम्लिहाङ्का नाति राजबीरका जेठा छोरा बाजहाङ् बि.स १९२८ सालमा हाङ्पाङ ताप्लेजुङमा जन्मेका थिए। नामहाङ्का नवौँ पुस्ता गाजकर्णका नाति महाबीरका छोरा ओजाहाङ् (ओझाहाङ्) चौध जिम्मा भन्दा बढिका सुब्बा थिए। बाजहाङ् आफ्ना काका ओझाहाङ्लाई मुद्धा,मामला र ठेक्का थितिमा सघाउने गर्दथे। बाजहाङ् पशु,पंक्षी र प्रकृतिको भाषा बुझन सक्ने साथै प्रकृति प्रकोपबारे भबिष्यवाणी समेत गर्ने गर्दथे। काका ओझाहाङ्को सहयोगी भएर यस्तै मुद्धा,मामलाको विषयमा थेच्चम्बु,ताप्लेजुङ र धनकुट्टा ओहोरदोहोर गरी रहँदा धनकुट्टाका बडाहाकिमसंग आफनो काकाको सेतो घोडा चोरी हुँदा ठाडै सवाल जबाफ र टक्कर लिई बडाहाकिमको तबेलाबाट आफ्नो घोडा खोसेर ल्याएका थिए।

घोडाको फुर्ती देखेर घोडा समेत चोर्ने राणाशासकहरुको अत्याचारी रवाफी शासन धनकुट्टाबाट ताप्लेजुङ र पाँचथरतिर बढदै गईरहेको थियो। धनकुट्टा चौबीसमा रहेको अमिन (अड्डा) ताप्लेजुङमा सारेर जाडो मौसममा तमोर दोभानको महादेउटारमा र गर्मी मौसममा फुङलिङ (ताप्लेजुङ) मा अमाल राखि राणा सरकारले कर असुल गर्ने निर्यण गर्‍यो। त्यो नियर्णलाई बाजहाङ्ले ठाडै विरोध गरे। कारण सेनबंशी राजाहरु र स्वयम् पृथ्बीनारायण शाहले मानी पूजी ल्याएको देवता साक्षी राखेर दिएको लिम्बूवानको शुबाङ्गी,ठेक्का थितिमा सोझै असर पर्न जाने कुराको जगजाहेर बाजहाङ्लाई भइ सकेको थियो। त्यसरी राणाहरुको मनपरीतन्त्र र मनोमानी विरुद्ध शिर नझुकाउँदा राणा शासकहरुले बाजहाङ्को चोला लिई छाडे।

कतै कतै लुकाएर राखिएको इतिहास,ऐतिहासिक टिप्पणीहरुमा लेखिए अनुसार गोरखाली शासक र बि.स १९७० सालतिर चन्द्रशम्शेर राणाको पालामा सङ्कलन भएका लिम्बूवानको हस्तलिखित दस्तावेज,इतिहास,मुन्धुम् पुस्तक र ऐतिहासिक टिप्पणीहरु चैनपुर (सङखुवासभा) मा लगेर आगो लगाइएको  थियो। अङ्ग्रेज इतिहासकार G.A Grierson  ले Linguistic survey of India vol-3 Part1-1909,Page 283 मा लेखेका छन । According to Major H.A.R.Senior,Their history is stated to be written in a book called bhongsoli,i.e.,vomsavali,of which copies are kept in some of the most ancient families.Such copies,When found by the Gurkhas,are always burnt,and the keeping of them is strictly forbidden.यति हुँदा हुँदै पनि बचेका केहि टिपोटहरुमा बाजहाङ्बारे जानकारीहरु उपलब्ध भएका छन्। 

(क)श्री लीलाचक्र गुरुङ् द्धारा भुतपूर्ब मन्त्री श्री अम्बिका साँबालाई “मेचीको साम्यबादी आन्दोलनः वीजारोपण र विकास” नामक सोधपत्रको पाना नं. ३६ मा उद्धृत गर्दै यसरी लेखेका छन। “ताप्लेजुङ् हाङ्पाङका बाजहाङ् लिम्बूलाई धनकुट्टा चौबीसबाट अमिन (अड्डा) ताप्लेजुङ सार्ने तत्कालीन राणा शासकहरुको नियर्णको विरोध गरेकै कारण फुङलिङ स्थित पात्लेकटुसको बोटमा बि.स.१९५२ सालमा झुन्ड्याएर मारियो।

(ख)कि.या.चु.धरान द्धारा प्रकाशित बि.स २०५९ सालको “शिरिजङ्गा” स्मारिका पाना नं.४९(श्री लीला बहादुर तुम्बाहाङ्फे)अनुसार–बि.स १९५२ साल चैत्र महिनाको रामनवमीका दिन थुम तमोर खोला ताप्लेजुङ ठाना स्थापना भयो। यसरी थाना स्थापना गरिनाले लिम्बूवानका सुब्बा सुबाङ्गीहरुको स्थानीय स्वशासित अधिकार माथि हस्तक्षेप पुग्छ भनि आवाज उठाउँदा वर्तमान हाङ्पाङ गा.बि.स वार्ड नं.८ का सुब्बा बाजहाङ्लाई राणा सरकारले नृशंस रुपले ठाना छेउ कटुसको बोटमा झुन्ड्याएर मार्‍यो।

(ग) पंक्तिकारसंग भएको बि.स.१८२७ साल देखि १९९० सालसंम्म् लिम्बूवानमा घटित घटनाहरुको सङ्कलित नेपाली कागजमा लेखिएको ऐतिहासिक हस्तलिखित टिप्पणी जुन टिपोट बि.स २०६० साल माघ ४ गते “लिम्बूवानसंग सम्बन्धित ऐतिहासिक टिपोट माथिको टिप्पणी” शिर्षक अर्न्तगत “तान्छोंप्पा” साप्ताहिकमा प्रकाशित भइ सकेको छ। उक्त्त टिप्पणीमा लेखिए अनुसार–बि.स.१९५२ सालमा पूर्व ५ नम्बर अड्डा(ताप्लेजुङ्)सरकार राखि बक्सियो। उसै साल बाजहाङ् लिम्बूलाई नृबिक्रम जर्णेल समेत धनकुट्टाबाट आई सो पूर्व ५ नम्बरले झुन्ड्याइ मारेको हो। 

(घ) थुङसाप्पा भरतकुमार तुम्बाहाङ्को म्यानुस्क्रीप्ट अनुसार–धनकुट्टा गौँडा बि.स.१९४३ साल देखि १९५६ साल संम्म् जङ्गबहादुर राणाका भाई बमबहादुर राणाका छोरा बमबीर बिक्रम राणा बडाहाकिम देखिन्छन्। सम्भवतः तिनकै सहायक वा निमित बडाहाकिमको रुपमा रहेका नृबिक्रम(राणा?)को पल्टनले धनकुट्टाबाट फुङलिङ ताप्लेजुङ गई उनकै प्रत्यक्ष निगरानीमा बाजहाङ्को हत्या गर्न लगाइयो।

उत्त माथिका ऐतिहासिक टिप्पणीहरु अनुसार बाजहाङ्को गलामा डोरीले बाँधेर झुन्ड्याइ मारिएको आज ११५ बर्ष पुगेको छ। लिखित टिप्पणीहरुमा अमालको विरोध गरेको भनिए पनि बाजहाङ् आङबुहाङ् राणाशासनकै विरोधी थिए। तत्कालीन फागो वनेम बंशावलीका खोज अनुसंन्धानकर्ता र लेखन्दास किताबसिं फागो वनेम (मैवा खोला तेम्बे पोकलामा–ताप्लेजुङ) का पुरानो हस्तलिखित कागजहरु अनुसार बि.स.१९५१ सालमा ताप्लेजुङ आठराई चाँगे थर्पु गाउँको माछा पोखरी भन्ने ठाउँमा चौध जिम्माका सुब्बा र लिम्बूवानका बुद्धिजीबीहरुलाइ भेला (चुम्लुङ्) गरी जहानियाँ राणाशासन विरुद्ध लड्न आह्रान गरेका थिए। हुन सक्छ बि.स १९५२ सालमा बाजहाङ्ले शाहदात प्राप्त गरे पछि उसैका अनुयायीहरु काशी(वनारस)भागेर ज्यान बचाइ बि.स १९५६ सालमा आठ येत्हाङ् एक राज्य भै एक राज्य (गोरर्खा) नासिन्छ भन्ने पर्चा(चिठ्ठी)लिम्बूवानभरि बाँडेका थिए। बाजहाङ्संग घोडा सँगसँगै हिड्न सक्ने शारीरिक तन्दुरुस्ती थियो। राणाहरुको विरोध गर्ने जोसिलोपना र प्रकृतिलाई अध्यन गर्न सक्ने उनको खुबी र परीपक्कता भएकै कारण बाजहाङ् राणाहरुको आँखामा कसिङ्गार बन्न पुगेका थिए। फलस्वरुप उनी राणाहरुकै हातबाट मारिन पुगे। लिम्बूवानको लागि मात्र नभएर देशकै लागि शहीद भएका थिए। राणा शासनकै विरोध गर्दा मारिएका बाजहाङ्लाई तत्कालीन बि.स २००७ साल पछिको प्रजातान्त्रिक श्री ५ को सरकारले शहीद घोषणा गर्नु पर्ने हो तर त्यसो गरेन न त वर्तमान नेपाल सरकारले राणा विरोधी भएर फाँसीको तक्तामा झुन्ड्याइएका बाजहाङ्को खोज खबर गरेको छ। विडम्बना फाँसीको तक्तामा झुण्डेर राष्ट्रको लागि ज्यान अर्पण गर्ने बाजहाङ् जातिय सिकारको माखे साङ्लोले बाँधी रहँदा राणा शासनकै विरोधी टंङक प्रसाद आचार्य र रामहरि शर्मालाई भने २००७ सालको प्रजातन्त्र प्राप्ति पछि जिउँदो शहीद भनी सम्मान गरियो। राणा शासनकै विरोधी भएर ज्यानको आहुति दिने बाजहाङ् भने शहीदको मापदण्ड भित्र पर्न सकेनन्। क्षेत्रिय वा जातिय आधारमा उपेक्षित र तिरस्कृत बनाई राख्ने मुलुकको यो शासन ब्यावस्थाले तमाम नेपालीहरुमाझ प्रस्न चिन्ह्को पहाड अग्लाई रहेको छ ।

शहीद कुनै जाति विशेष,वर्ग र समुदायको पेवा हुँदैन। राष्ट्रको लागि अत्याचारी शासक विरुद्ध जसले ज्यान अर्पण गर्दछ उ राष्ट्रकै लागि शहीद हो। राणा शासनको विरोध गर्दा झुन्ड्याइ मारिएका बाजहाङ् आङबुहाङ्लाई शहीद र राष्ट्रिय विभूतिको रुपमा घोषणा गर्न संम्बन्धित संघ् संस्था जनजाति महासंघ र आङबुहाङ् परिवारले पहल गर्नु पर्छ।

अन्तमा:-आगो ओकल्ने राणा शासनको बोलबाला भएको बेला राणाहरुको विरोध गर्नु भनेको फलामको चिउरा चपाउनु समान भएर पनि ज्यानको बाजी राख्दै एकतन्त्री जहानियाँ राणा शासनको विरोध गर्ने बाजहाङ्लाई झुन्ड्याइ मारिएको ठाउँमा उहाँको सालिक निर्माण गरी स–सम्मान शहीद घोषण गर्न ढिलो गरेमा शहीद बाजहाङ्प्रति अन्याय हुनेछ। बाजहाङ् शहीद भएको ११५ औ बर्ष पुगेको उपलक्ष्यमा उहाँप्रति श्रद्धासुमन! शहीद बाजहाङ् तियाहा...........।

सन्दर्भ सूची:–

(क) माबुहाङ् श्री अर्जुन–तङसिङ बर्ष ३ अंक १ पूणार्ङ्ख ४।

(ख) चेमजोङ् श्री इमानसिं–किरातकालीन बिजयपुरको संक्षिप्त इतिहास।

(ग) पंक्तिकारसंग भएको हस्तलिखित ऐतिहासिक टिपोट,यो हस्त लिखित टिप्पणीको सक्कल पंक्तिकारसंग सुरक्षित छ ।

(घ) आङबुहाङ् बंशावली (स्व.श्री केशब प्रसाद आङबुहाङ्–आङबुहाङ परिवार कल्याणकारी समिति धरान)

(ङ) याक्थुम्बा श्री मञ्जुल याक्थुम्बा–तान्छोंप्पा बर्ष ११ अङ्क ९ असोज २०६३। 

(च) आङ्बुङ श्री डि.बी आङ्बुङ–तान्छोंपा बर्ष ११ अङ्क १० कात्तिक २०६३।

(छ) G.A grierson-Linguistic survey of India vol–3 Part–1–1909,Page 283. (The British library,Oriental and India office collections.Kingston,London.                             

                                tankawanem@yahoo.co.uk 

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

 

 

++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

 
श्री माधबप्रसाद आङबुहाङद्वारा लिखित, ''तामालुङ ईतिहास''को छोटो परिचय।

 !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

 

 ssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssss